औषधिको व्यापार र प्रबद्र्धन

(Marketing and Promotion of Medicine)

भूमिका :

नेपाली स्वास्थ्य क्षेत्रको इतिहासमा स्वास्थ्यसँग प्रत्यक्ष सरोकार रहेको औषधि व्यवसायको पनि आफ्नै इतिहास छ । औषधि व्यवसाय जनस्वास्थ्यमा असर राख्ने व्यवसाय भएकोले ज्यादै संवेदनशील व्यवसाय हो । यस व्यवसायको मर्म नै जीवनस“ग गा“सिएको छ । त्यसैले औषधि व्यवसायको संवेदनशीलतालाई ख्याल राखेर यसको दुरुपयोग नहोस् । जनस्वास्थ्यमा गलत प्रभाव नपरोस्, सदुपयोग होस् र व्यवसायको संवेदनशीलतामा खेलवाड नहोस्, व्यवसायमा गलत मनसाय राख्ने व्यक्तिले प्रवेश नपाउन भन्नकै लागि जनसुरक्षित, असरयुक्त, गुणयुक्त औषधि सर्वसुलभ तरीकाले जनसमक्ष पुर्‍याउने उद्देश्यका साथ नेपाल औषधि व्यवसायी संघको स्थापना भएको हो र यही संघका सदस्य फर्महरुले देशको कुल औषधि खपतको ८७५ औषधिको व्यापार व्यवसाय गर्दै आएका छन् । हुन त व्यापार एउटा कला हो कपाल नभएका मानिसलाई काईयो बेच्नु पर्छ भन्छन् तर यो औषधि व्यवसाय त्यस्तो व्यापार होइन मानविय रुपमा यसले दुःखमा परेका वेलाका सेवा ग्राही (उपभोक्ता)लाई औषधि बेच्नु पर्छ, भनौ व्यापार गर्नुपर्छ त्यसैले यो संवेदनशील व्यवसाय हो एवं नाफामुलक भए पनि मुलत सेवामुलक व्यवसाय हो ।

विकास क्रममा विगतको सामान्य लेखाजोखा :

आधुनिक चिकित्साको विकासको क्रमसँगै औषधि व्यवसाय पनि त्यही अनुसार विकास भएको इतिहास भेटिन्छ । खास गरेर पछिल्लो २ दशक भित्र औषधि पसलको संख्यामा अत्याधिक वृद्धि भएको छ ।

सन् १८९० अर्थात १२२ वर्ष पहिले वीर अस्पतालको स्थापना भएपछि नेपालमा आधुनिक औषधिको प्रयोग या उपभोग हुन सुरुवात भएको मान्न सकिन्छ भने त्यतिखेर सामान्य तालिम पाएका कम्पाउण्डरहरुबाट विभिन्न केमिकलहरुको समिश्रणबाट औषधि बनाई चिकित्सकको राय वा पे्रस्क्रिप्सनबाट औषधि दिइन्थ्यो । यो क्रम धेरै लामो समय रहेको देखिन्छ भने काठमाडौ बाहेक अन्य भू–भागमा तराइका क्षेत्रमा बंगाली डाक्टरहरु (चिकित्सक) ल्याएर अस्पतालहरु खोली अस्पतालहरु सञ्चालन भएको र क्रमबद्ध रुपमा अस्पतालहरु खुल्दै गएको देखिन्छ भने उनै डाक्टरले तालिम दिएका वा सरकारले सामान्य तालिम दिएका कम्पाउण्डरहरुबाट आपैm समिश्रण गरी निर्माण गरिएका औषधिहरुको प्रचलन भएको पाइन्छ । यसैगरी क्रमिक रुपमा पहाडी जिल्ला सदरमुकामहरुमा विस्तार भएको पाइन्छ । लगभग बि.स. २००० – २००१ सालदेखि व्यवसायीक रुपमा फाट्टफुट्ट राजधानीमा, तराईका केही क्षेत्रमा औषधि पसल र भारतीयहरुबाट झोला झोलामा औषधि राखी गाउ“ गाउ“मा डुली औषधि बिक्री वितरण गरेको पाईन्छ भने २००३÷२००४ सालदेखि व्यवस्थित रुपमै प्रमुख व्यापारीक ठाउ“हरुमा व्यवसायीक रुपमा औषधि पसलहरु खुलेको भेटिन्छ । यसरी समयक्रमस“गै व्यवसायको विस्तार ह“ुदै गएको पाईन्छ । हाल आएर लगभग सबै गाउ“ ठाउ“मा औषधि पसलहरु खुलेका छन् भने हिमाली क्षेत्रमा अहिले पनि यो व्यवसाय व्यवस्थित रुपमा पुग्न सकेको छैन्। औषधिहरु सबै पहिले भारतीय कम्पनीका थिए भने नेपाल मै उद्योगको रुपमा सिंहदरवार बैद्यखाना तत्कालिन बैद्यहरुले लगभग १५० वर्ष पहिले (यथार्थ मिति थाहा नभएको) चन्द्रनिघण्डुमा आधारित आयुर्वेदिक औषधिहरु उत्पादन गरेको देखिन्छ र सन् १९५२ मा एजबचmबअभगतष्अब िक्ष्लमगकतचष्भक (औषधि उद्योगहरु) को बनस्पती विभागमा जडिवुडिबाट केही औषधि निकाल्ने कार्य गुरुयोजनाको रुपमा तयार गरियो। सन् १९५६ मा ब्रिटिस विशेषज्ञको सहभागीतामा त्यही गुरुयोजनामा परिमार्जन गरी विभिन्न चरणहरु पार गर्दै सन् १९६४ मा शाही औषधि अनुसन्धान शाला (हाल राष्ट्रिय औषधि प्रयोग शाला) को रुपमा स्थापना भयो र प्रविधिको विकास गर्दै सन् १९६८ मा तत्कालिन शाही औषधि अनुसन्धान शालाबाट उत्पादन इकाई स्थापना गरी पाइलट स्केलको रुपमा ट्यावलेट, सिरफ र मलहम उत्पादन शुरु गरेको र यसको विकसित रुप या उद्योगको रुपमा सन् १९७२ मा शाही औषधि लिमिटेड (हाल नेपाल औषधि लिमिटेड) बाट उत्पादन सुरु भएको पाईन्छ ।

यसरी प्राईभेट उद्योको रुपमा सन् १९७० ताकामा केमिड्रग ईण्डष्ट्रिज् र स–साना औषधि उद्योगको स्थापना भयो । यो पहिलो नेपालको प्राइभेट उद्योग हो । त्यसपछि सन् १९८० दशकमा केही उद्योगको वृद्धि भएको छ भने सन् १९९० को दशकमा द्रुत रुपमा नै उद्योगको संख्यामा वृद्धि भएको देखिन्छ ।

औषधि उद्योगको क्रमलाई हेर्दा :
सन् १९७० – ७९ खुलेका उद्योग ३ वटा बन्द १ वटा जम्मा २ वटा
सन् १९८० – ८९ खुलेका उद्योग १३ वटा बन्द ५ वटा जम्मा १० वटा
सन् १९९० – ९९ खुलेका उद्योग २१ वटा बन्द १ वटा जम्मा ३० वटा
सन् २००० – २००४ खुलेका उद्योग ११ वटा बन्द २ वटा जम्मा ३९ वटा
सन् २००५ – २००८ खुलेका उद्योग २ वटा – ४१ वटा
सन् २००८ – २०११ खुलेका उद्योग ५ वटा बन्द १ वटा जम्मा ४५ वटा

यसरी अहिले एलोपेथिक औषधि उत्पादन राष्ट्रिय उद्योगको रुपमा ४५ वटा सञ्चालित छन् भने अरु कम्पनीहरु प्नि पाइपलाइनमा छन् । यसरी नेपाली औषधि कम्पनीको वृद्धि उल्लेख्य मात्रामा भएको छ भने २०० को हाराहारीमा विदेशी कम्पनीहरुले मार्केटि¨ गरिराखेका छन् । वि.स.२०३५ सालमा औषधि ऐन र २०३६ सालमा औषधि व्यवस्था विभागको स्थापना पश्चात औषधि कम्पनी स्थापनार्थ लागि प्राविधिक सहयोग कानूनी प्रक्रिया औषधि सम्बन्धी सम्पूर्ण नीति, नियम बनाउने देखि नियमन, नियन्त्रण आदि सम्पूर्ण कार्य औषधि व्यवस्था विभाग मातहतमा भै आएको छ ।

औषधि बजारको वर्तमान अवस्था :
सन् १९७९ मा आयातित ११ करोड ४६ लाख
सन् १९८८ मा आयातित ३८ करोड ५० लाख
सन् १९९२ मा आयातित १ अरब ५३ करोड २० लाख
सन् १९९९÷२००० मा जम्मा खपत ५ अरब ९० करोड ६ लाख
सन् २००४÷००५ मा जम्मा खपत १० अरब ६५ करोड ९० लाख
सन् २००५÷००६ मा जम्मा खपत ९ अरब ६१ करोड
सन् २००८÷००९ मा जम्मा खपत १४ अरब ४३ करोड ६० लाख
सन् २००९÷०१० मा जम्मा खपत १७ अरब

नेपाली उद्योगको सहभागीता :
सन् १९७९ मा ५ प्रशित
सन् २००० मा २५.५ प्रतिशत
सन् २००५ मा ३२ प्रतिशत
सन् २००६ मा ३५.२ प्रतिशत
सन् २००८ मा ३६ प्रतिशत
सन् २०१० मा ४२ प्रतिशत

मथि उल्लेखित एलोपेथिक औषधिहरु भए भने आयुवेर्दिक औषधि कम्पनीहरु पनि नेपालमा सञ्चालित छन् जसमा हाल चुर्ण बनावट वाला ४३ कम्पनी र आधुनिक प्रविधि प्रयोग गरी न्।ः।ए। का सम्भावना बोकेका ६ वटा कम्पनी सञ्चालन छन् । करीब १ अर्बको आयुर्वेदिक औषधिको खपतमा नेपाली उद्योगले २५ प्रतिशत बजार ओगटेको अनुमान गरिएको छ । त्यस्तै होमियोपेथिक र यूनानी औषधि पनि केही मात्रमा प्रयोग भएका छन् यथार्थ तथ्यांक प्रस्तुत गरिएको छैन् । त्यसैले याहा“ आधुनिक चिकित्सामा प्रयोग भएको एलोपेथिकमा विशेष चर्चा गरिएको छ । आधुनिक चिकित्सामा प्रयोग हुने रोगमा प्रयोग हुने उपचार एवं शल्यक्रियामा प्रयोग हुने सर्जिकल सामाग्री ९क्गचनष्अबरिःभमष्अब िम्भखष्अभक० को खपत पनि सन् २००८÷२००९ मा लगभग रु.१२५८५००००।– छ यसरी समग्रमा आधुनिक चिकित्सा क्षेत्रमा प्रयोग हुने एलोपेथिक औषधि र उपचार एवं शल्यक्रियामा प्रयोग हुने सर्जिकल सामाग्री ९क्गचनष्अब िर ःभमष्अब िम्भखष्अभक० को समग्र खपत करीब ३० अरब हुन आउछ ।

औषधि बजारका सम्भावनाहरु :

१) अहिले पनि नेपालको सम्पूर्ण मागमा औषधिको सहज उपलब्धता छैन् त्यसैले सहज उपलब्धता गराउन सके बजार विस्तार गर्न सकिन्छ ।

२) स्वास्थ्य सम्बन्धी जनचेतना पैmलाउन सके उपचार गर्नेको संख्यामा वृद्धि भएमा औषधिको बजार विस्तार हुन सक्नेछ ।

३) समय सापेक्ष स्वास्थ्य सेवा उपलब्ध गराउन दुर्गममा समेत चिकित्सक सेवा उपलब्ध गराउन सकेमा बजार विस्तार हुन सक्छ ।

४) आर्थिक रुपमा जनता सक्षम (जनताको क्रयशक्तिको अभिवृद्धि) हुन सकेमा औषधिको बजार विस्तार हुन सक्नेछ ।
५) समय सापेक्ष देशको परिस्थिति अनुसार औषधि बिक्री वितरण तालिम सञ्चालन गरी गैर व्यवसायीलाई कानूनी दायमा ल्याउनु पर्ने वा विकल्प सहित बन्द गराएमा पनि बजार विस्तार हुन सक्छ ।

६) औषधि निर्यात गर्न सकेमा पनि बजार विस्तार हुन्छ ।

औषधि बजारका चुनौतीहरु :

१) देशको सम्पूर्ण भागमा औषधि उपलब्ध हुन नसक्नु,

२) दक्ष तथा तालिम प्राप्त जनशक्तिको अभाव,

३) आवश्यक गृहकार्य नगरी लागु गरिने नीति, नियम र मार्ग निर्देशनको परिणाम स्वरुप देखा परेको बजार समस्याहरु,

४) सरकारको उचित अनुगमन र गुणस्तर जा“चको कमी,

५) औषधि बजारका लागि कम्पनीहरुको कुशल व्यवस्थापन एवं पेशागत दक्षताको कमि,
६) औषधि विश्लेषण गर्ने औषधि प्रयोगशालामा भौतिक पूर्वाधार र जनशक्तिको कमी,

७) बजारमा उपलब्ध भएका औषधि द्यष्य(भ्त्रगष्खबभिलत अध्ययन गर्ने ल्याबको कमी,

८) प्रत्येक औषधि उद्योगहरुले आफ्नै “भ्तजष्अब िएचयmयतष्यल न्गष्मभष्लिभ” तयार नगर्नु,

९) बजारमा बिक्रीका लागि अपनाइएका अनुचित तथा गलत क्रियाकलापहरु,

१०) खुला बोडर (सीमा) बाट निर्वाह रुपमा दर्ता नभएका औषधिहरु प्रवेश,

११) गैर कानूनी रुपमा खुलेका औषधि पसलहरु,

१२) यथार्थ धरातलमा रही नीति नियम बनाउनु भन्दा पनि विकसित देशहरुको नक्कल गरेर बनाईने उडन्ते नियम, सोच एवं कार्यहरु ।

प्रबर्द्धन

कुनै पनि चिजको प्रबद्धन ९एचयmयतष्यल० भएपछि ःबचपभतष्लन हुन्छ । प्रबद्र्धनको लागि विभिन्न विधीहरु अपनाइन्छ जस्तो स्कीम, विज्ञापन आदि । तर औषधि प्रबद्र्धन त्यसरी हु“दैन अरु व्यवसायमा उपभोक्ताल आफ्नो लागि आपैm सामान छान्छ भने यस व्यवसायमा सेवा ग्राहीलाई चिकित्सक ९एचभकअचष्दभच० ले सामान (वस्तु) छानिदिन्छन् ।

त्यसैले यसको लागि औषधि कम्पनीहरुले चिकित्सकहरुलाई आफ्नो एचयमगअत (वस्तु) को बारेमा जानकारी दिएर आफ्नो गुणस्तरीयताको विश्वास दिलाएर आफ्नो ःयभिअगभिक, क्ष्लमष्अबतष्यल, ऋयलतचब क्ष्लमष्अबतष्यल र क्ष्मभ भाभअत हरु यथार्थ जानकारी दिने र सेवाग्राही (रोगी) लाई आवश्यक पर्ने औषधि चिकित्सकले पुर्जामा लेखी ९एचभकअचष्उतष्यल० सोही अनुसारको औषधिबाट सेवाग्राहीको उपचार गरिन्छ । त्यसैले औषधिको प्रबद्र्धनमा उपभोक्ता (सेवाग्राही) अनविज्ञ हुन्छ र सम्बन्धित विज्ञको विश्वासमा उपचार गराउन भनौ वा आफुलाई आवश्यक वस्तु छानिदिन विज्ञ (चिकित्सक या एचभकअचष्दभच) कहा“ पुग्छ । औषधिको एचयmयतष्यल यसरी नै हुन्छ । सेवाग्राही (उपभोक्ता) ले आफुलाई के चाहिन्छ भनेर नै जान्दैन उ अनभिज्ञ हुन्छ । यसलाई औषधिको सही प्रबद्र्धन प्रक्रिया मानिन्छ भने प्रबद्र्धनका गलत प्रक्रियाहरु अपनाइएमा व्यवसायमा विस¨ती, विकृतीले प्रवेश पाउ“छ । त्यसैले यस व्यवसायमा विस¨ती र विकृतीले प्रवेश नपाओस् भनि सचेत रहनु पर्ने हुन्छ ।

प्रबद्र्धनमा देखिएका नकारात्मक पक्षहरु ः

१) बजारको माग भन्दा बढी उत्पादन वा आयात गरी इखभच क्तयअप बिक्रीको लागि अपनाईने गलत क्रियाकलाप,

२) एउटै प्रकृतिका औषधिको कारण अस्वस्थ प्रतिस्पर्धा,

३) सर्वमान्य आचार संहिताको निर्माण गरी कार्यान्वयन गर्न नसक्नु,

४) आवश्यकता भन्दा बढी लक्ष्य ९त्बचनभत० राखी दवावमुलक बिक्रीमा जोड,

५) अन्तर्राष्ट्रिय मान्यता विपरित एचभकअचष्दभच र म्ष्कउभलकभच एउटै हुनु,

६) नैतिक मूल्य र मान्यता विहीन समाज व्यवस्था ।

अन्त्यमा,

सामाजिक विकास क्रममा औषधि व्यवसायको वृद्धि पनि उल्लेख्य मात्रामा भएको छ । देशको कूल जनसंख्या २ करोड ७५ लाख जनतामा देशको ठूलो हिस्सा वैदेशिक रोजगारमा देश वाहिर छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा औषधि आपूर्तिमा समस्या छ साथै करीब ३० प्रतिशत जनता गरीवीको रेखा मुनि छन् । जसलाई विहान बेलुकाको छाक टार्न समस्या छ । उपचारको पहुचको सम्भावना छैन्। पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रमा चिकित्सको सधै अभाव छ । राष्ट्रिय औषधि उद्योगले धेरै लगानी गरीसकेको स्थिती छ भने एकै प्रकारका औषधिहरुका उत्पादनले अस्वस्थ प्रतिस्पर्धा छ । लगानी अनुसारको बजार छैन् । तत्काल निर्यातको सम्भावना देखिन्दैन् जसको लागि जनउत्तरदायी सरकार चाहिन्छ र त्यही अनुसारको त्तगबष्तिथ (गुणस्तरीय) पनि आवश्यक छ । राष्ट्रिय उद्योगमा सबैले न्ःए क्तबलमबचम मा पुग्न सकेको स्थिति छैन् । ४५ कम्पनीमा २९ कम्पनीले न्ःए पाएको स्थिति छ । विगत देखि आफ्नो बजार बनाएका भारतीय कम्पनी या अन्य क्षेत्रका कम्पनीले पनि प्रत्येक वर्ष लक्ष्य ९त्बचनभत० वृद्धि गरी आफ्नो ठाउ“ सुरक्षित राख्न सफल भएका छन् र तुरुन्तै राष्ट्रिय उद्योगले पनि अत्यावश्यक ीषभ क्बखष्लन (जीवन रक्षक) औषधिहरु उ्रत्पादनमा आत्मनिर्भर हुने स्थिति छैन् ।

हुन त शिक्षा र स्वास्थ्यको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने हो यो सम्भावना देखिन्दैन् त्यसैले एचष्खबतभ उबचतलभचकजष्उ एचयनचबm अनुसार अगाडी बढी राखेको र त्यसको विकल्प पनि छैन् । ऋत्भ्ख्त् बाट उत्पादित ऋःब्, ब्ल्ः, ज्ब्, क्त्ब्ँँ ल्ग्च्क्भ् लगायतका स्वास्थ्यकर्मीहरुको उत्पादन अत्याधिक हुनु र तिनले रोजगार नपाउनु र रोजगारको रुपमा आफुले जानेको स्वास्थ्य क्षेत्रमा लाग्दा धेरै दर्ता नभएका औषधि पसलहरु खुलेका छन् यसबाट अन्यौलको स्थिति छ ।

औषधि क्षेत्रमा विज्ञानले ठूलो फड्को मारेको छ । नया“ खोज र प्रविधि देशमा भित्र्याउनु पर्छ जुन वहुदशीय ९ःगतिष्लबतष्यलब०ि औषधि कम्पनीले नेपालमा कारोवार गरेका छन् । तिनीहरुलाई प्रोत्साहित गरी हामै्र देशमा उत्पादन शुरु गर्न लगाई बाहिरी अन्य देशमा समेत निर्यात गर्न सकेमा देशलाई आर्थिक विकासमा सहयोग पुग्नेछ । त्यसबाट उत्पादनमा आफ्नै देश आत्मनिर्भर हुनेछ । यसको बजार पनि विस्तार हुनेछ । औषधिको व्यवसायको भविष्य पनि राम्रो छ । स्थीर सरकार र सक्षम नेताको अभाव खड्किएको छ ।

धन्यवाद ।
( बाबुराम भट्टराई )
केन्द्रीय अध्यक्ष
नेपाल औषधि व्यवसायी संघ
केन्द्रीय कार्यालय, काठमाडौं ।

मिति २०६९ भाद्र २५ गते ‘‘औषधिको व्यापार र प्रबद्र्धन ९ःबचपभतष्लन बलम एचयmयतष्यल या ःभमष्अष्लभ०’’ प्राथमिक स्वास्थ्य सेवा श्रोत केन्द्रले आयोजना गरेको कार्यशाला गोष्ठीमा प्रस्तुत कार्यपत्र ।