औषधि ढुवानी नरोक्नुस्: औषधि व्यवसायी संघ (kathmandutoday.com)

झण्डै एक महिनादेखि जारी आन्दोलनका कारण तराईरमधेसका जिल्लामा औषधि अभाव भएको समाचारप्रति नेपाल औषधि व्यवसायी सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

औषधिजस्तो मानव जीवनमा अति महत्वपूर्ण जीवन रक्षक वस्तुको ढुवानीसमेत हुन नसकेर अभाव सिर्जना हुनु ज्यादै दुःखद अवस्था बताएको बताउँदै सङ्घले औषधि अभावले मानव स्वास्थ्यमा पर्ने गम्भीर समस्याप्रति बेलैमा सचेत रहन सबै आन्दोलनरत पक्षसँग आग्रह गरेको छ ।

‘नियमित सेवन गर्नुपर्ने औषधि बिरामीले पाउन नसक्दा समस्याले झन् अर्को रुप लिने खतरा छ, औषधि व्यवसाय केवल मुनाफा आर्जनको व्यवसाय मात्र होइन, अति संवेदनशील र जनस्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने व्यवसाय हो भनेर कसैले भुल्नु हुँदैन ।’ संघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सदियौंदेखि रहेको आपसी एकता, सद्भावना, भातृत्व र मेलमिलाप सदैव कायम रहने अपेक्षा गर्दै सङ्घले देशभरि सहज तरिकाले नेपाली जनतालाई औषधिको आपूर्ति गरी सबै सरोकार भएकाहरुलाई सरल ढङ्गबाट औषधि आयात तथा ढुवानीको आवश्यक व्यवस्था मिलाउन आग्रहसमेत गरेको छ ।