औषधि व्यवसायी संघद्वारा खाद्यान्न सहयोग

5

काठमाडौँ— नेपाल औषधि व्यवसायी संघले आफ्नो ४५ औँ स्थापना दिवसको अवसर पारेर असाहाय बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ ।

असार १० गते मातृ नेपाल अपांग संघ तारकेश्वर–३ ठूलागाउँमा संरक्षित ती बालबालिकाहरुलाई संघले खाद्यान्न सहयोग गरेको हो।

संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले उपाध्यक्ष लोकहरि श्रेष्ठ, महासचिव हरिप्रसाद बिडारी, सहकोषाध्यक्ष राजेशकुमार प्रधानलगायतको उपस्थितिमा अपांग संघका अध्यक्ष नरबहादुर राउतलाई खाद्यान्न हस्तान्तरण गर्नुभयो ।

अपांग संघमा आश्रित ४६ जना बालबालिकाहरुलाई औषधि व्यवसायीहरुले चामल, दाल लगायतका खाद्यान्न प्रदान गरेका थिए।

आफ्नो स्थापनाको दिवस पारेर संघले वर्षेनी असाहाय बालबालिकाहरुलाई सहयोग गर्दै आएको छ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले एसईई उत्तीर्ण गरेका दुई जना विद्यार्थीहरुलाई कक्षा १२ सम्म निःशुल्क रुपमा पढाइदिने, विद्यार्थीलाई जुत्ता चप्पल र संघलाई भित्तेघडी उपलब्ध गराइदिने घोषणा गर्नुभयो भने महासचिव बिडारीले जुकाको औषधि र प्राथमिक उपचार सामाग्री उपलब्ध गराउने घोषणा गर्नुभयो ।

3

2

4

1