औषधि व्यवसायी संघद्वारा मातृ नेपाल अपांग संघलाई सहयोग

DSC03195

काठमाडौं– नेपाल औषधि व्यवसायी संघले काठमाडौंको जीतपुरफेदीस्थित मातृ नेपाल अपांग संघलाई खाद्यान्य र स्टेशनरी सामाग्री सहयोग गरेको छ ।

संघको ४४ औं स्थापना दिवसको अवसरमा २०७४ साल असार १० गते शनिबार भएको कार्यक्रममा औषधि व्यवसायी संघका महासचिव श्री हरिप्रसाद बिडारीले सहयोग हस्तान्तरण गर्नुभयो । संघले मातृ नेपाल अपांग संघलाई चामल, आलु, प्याज, दाल, चिउरा, खाने तेल, नुन, बिस्कुट, कापी, कलम, पेन्सिल र इरेजर प्रदान गरेको छ ।

संघमा हाल ४३ जना अनाथ बालबालिकाले आवासीय शिक्षा लिइरहेका छन् । कार्यक्रममा महासचिव बिडारीले आश्रित बालबालिकाका लागि वर्षेनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा औषधि व्यवसायी संघका कोषाध्यक्ष श्री अजित खड्का, उपकोषाध्यक्ष श्री राजेशकुमार प्रधान, मातृ नेपालका अध्यक्ष श्री नरबहादुर बुढाथोकीलगायतले सम्बोधन गर्नुभयो ।

औषधि व्यवसायी संघको बागमती अञ्चल शाखाले वर्षेनि प्रदान गर्दै आएको सहयोग गत वर्षदेखि केन्द्रीय समितिको तर्फबाट सहयोग गर्न थालिएको हो ।