चितवन उपशाखाद्वारा ‘हाम्रो घर’लाई सहयोग

Chitwan

चितवन– नेपाल औषधि व्यवसायी संघ चितवन जिल्ला उपशाखाले सडक बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था ‘हाम्रो घर’लाई सहयोग गरेको छ ।

संघको ४४ औं स्थापना दिवसका अवसरमा उपशाखाले कार्यसमिति सदस्यबाट संकलन गरिएको ११ हजार ५ सय रुपैया“ सहयोग गरेको हो । कार्यक्रममा निवर्तमान अध्यक्षलगायत कार्यसमितिका सबै सदस्यहरुको उपस्थिति थियो ।

धर्वेन्द्र वनको संयोजकत्वमा भएको कार्यक्रममा हाम्रो घरका उपाध्यक्ष श्री उद्योगकुमार पियार, सचिव श्री मीना खरेलले ४४ औं स्थापना दिवसको शुभकामना दिनुभयो ।