NCDA News
  • Website Under Construction

निमित्त महानिर्देशक क्षेत्रीलाई औषधि व्यवसायी संघको स्वागत तथा बधाई

66482872_1187369961443550_3588613817698877440_o

काठमाडौं– नेपाल औषधि व्यवसायी संघले औषधि व्यवस्था विभागका महानिर्देशक श्री पानबहादुर क्षेत्रीलाई स्वागत तथा बधाई दिएको छ ।

संघका अध्यक्ष श्री मृगेन्द्रमेहर श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले असार १९ गते विभागको कार्यालय बिजुलीबजारमा गएर स्वागत तथा बधाई दिएको हो ।

श्रेष्ठले क्षेत्रीको कार्यकालमा विभाग र संघबीच झनै सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो । क्षत्रीले पनि आफू व्यवसायीसँग सहकार्य गरेर काम गर्न तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल औषधि व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष प्रकाशकुमार खण्डेलवाल, उपाध्यक्ष (थोक) सुनिल श्रेष्ठ, महासचिव रामचन्द्र शर्मा, पूर्वमहासचिव शेखर श्रेष्ठ तथा सदस्यहरु मुकुन्दकृष्ण श्रेष्ठ, प्रशान्त मानन्धर तथा वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीलगायतको उपस्थिति थियो ।

  • कर्णाली अञ्चल शाखा
  • कोशी अञ्चल शाखा
  • गण्डकी अञ्चल शाखा
  • जनकपुर अञ्चल शाखा
  • धौलागिरी अञ्चल शाखा
  • नारायणी अञ्चल शाखा
  • बागमती अञ्चल शाखा
  • भेरी अञ्चल शाखा
  • महाकाली अञ्चल शाखा
  • मेची अञ्चल शाखा
  • राप्ती अञ्चल शाखा
  • लुम्बिनी अञ्चल शाखा
  • सगरमाथा अञ्चल शाखा
  • सेती अञ्चल शाखा