नेपाल औषधि व्यवसायी संघको टोली थाइल्याण्ड प्रस्थान

NCDA TEAM

काठमाडौं– नेपाल औषधि व्यवसायी संघ केन्द्रीय समितिको टोली २०७४ पुस १९ गते बुधबार थाइल्याण्ड प्रस्थान गरेको छ ।

केन्द्रीय अध्यक्ष श्री मृगेन्द्रमेहर श्रेष्ठ नेतृत्वको टोली नेपाल एयरलाइन्सबाट बुधबार बिहान थाइल्याण्ड प्रस्थान गरेको हो । औषधि भण्डारण र सञ्चयमा थाई अभ्यास तथा अवलोकन एवं केन्द्रीय समितिको पूर्ण बैठकमा सहभागी हुन केन्द्रीय समितिको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।