नेपाल औषधि व्यवसायी संघमा पुनः श्रेष्ठ विजयी

57430259_846689002365369_3787159886526152704_o

काठमाडौं– नेपाल औषधि व्यवसायी संघको केन्द्रीय अध्यक्षमा पुनः मृगेन्द्र मेहर श्रेष्ठ विजयी हुनुभएको छ । पोखरामा सम्पन्न भएको १३औं राष्ट्रिय अधिवेशनबाट श्रेष्ठ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

अधिवेशनबाट केन्द्रीय वरिष्ठ उपाध्यक्षमा प्रकाशकुमार खण्डेलवाल, केन्द्रीय उपाध्यक्षहरुमा आयाततर्फ निरञ्जन रिसाल, थोकतर्फ सुनिल श्रेष्ठ र खुद्रातर्फ रामप्रसाद खरेल निर्वाचित हुनुभयो । केन्द्रीय महासचिवमा रामचन्द्र शर्मा, केन्द्रीय कोषाध्यक्षमा सम्राट मान जोशी, केन्द्रीय सचिवमा यामनाथ पौडेल, केन्द्रीय उपकोषाध्यक्षमा श्रीधर खनाल निर्वाचित हुनुभयो ।

केन्द्रीय सदस्यहरुमा आयाततर्फ श्रृजनकुमार भट्टराई, थोकतर्फ गयाप्रसाद कुश्मी र परमानन्द रावत, खुद्रातर्फ टंकप्रसाद अधिकारी र ललितानन्द जोशी, महिला सदस्यमा शर्मिला शाक्य र खुला सदस्यहरुमा कृष्ण रोकाय, प्रकाशकुमार श्रेष्ठ, कविराज कँडेल र मुकुन्दकृष्ण श्रेष्ठ निर्वाचित हुनुभयो ।

औषधि व्यवसायी संघ प्रादेशिक संरचनामा गएसँगै पहिलोपटक राष्ट्रिय अधिवेशन भएको हो । अधिवेशनको उद्घाटन सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले गर्नुभएको थियो ।