पाल्पा उपशाखाको चौथो अधिवेशन, नयाँ कार्यसमिति चयन

13165900_1209910935700312_5138369261253049788_n

२०७३ वैशा २५ गते
पाल्पा- नेपाल औषधि व्यवसायी संघ, पाल्पा जिल्ला उपशाखाको चौथो अधिवेशन ०७३ वैशाख २५ गते तानसेनमा सम्पन्न भएको छ ।

गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको सर्वसुलभ आपूर्ति एवं व्यवसायीहरुको हकहितको रक्षा एवं प्रबर्द्धन गर्ने उद्देश्यले २०६० सालमा पाल्पा उप–शाखाको स्थापना भएको थियो ।

उपशाखाका अध्यक्ष रामलाल श्रेष्ठको अध्यक्षता महासचिव समिरमान सिंहको सञ्चालनमा भएको कार्यक्रमको समुदघाटन कार्यक्रमका प्रमुख अतिथि संघका निर्वतमान केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले दिप प्रज्वलीत गरि गनुभएको थियो । कार्यक्रममा केन्दीय सचिव सुनिल श्रेष्ठ, पत्रकार यज्ञमूर्ति तिमिल्सिना, तानसेन उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, गोर्खेकोट विकास समितिका अध्यक्ष सुन्दर श्रेष्ठ, जेष्ठ औषधि व्यवसायी विश्वमान बज्राचार्य, पूर्वअध्यक्ष रुक्मांगत शर्मा, लुम्बिनी अञ्चल शाखाका अध्यक्ष शिव ज्ञवाली उपाध्यक्ष सुरज भट्टराई र खड्गबहादुर वस्नेत, महासचिव लुकराज न्यौपाने सचिव पुरुषोत्तम भट्टराई, सदस्यहरु थानेश्वर ज्ञवाली, विष्णु भट्टराई, थानेश्वर अर्याल, प्रभा भण्डारी, माधव खनाल, गुल्मी जिल्ला उपशाखाका अध्यक्ष चुडामणि पन्थी कानुन व्यवसायी नारायण ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा औषधि व्यवसाय मार्फत जनस्वास्थ्यमा सकारात्मक योगदान पुर्‍याएकोमा जेष्ठ औषधि व्यवसायी विश्वमान बज्राचार्य र उपशाखाको स्थापना र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा पूर्वअध्यक्ष रुकमागत शर्मालाई सम्मान गरिएको थियो ।

13179386_1096171347136772_5603490685168023435_nकार्यक्रममा उद्‍घाटन मन्तब्य राख्दै प्रमुख अतिथि बाबुराम भट्टराईले इतिहासको रक्षा र संरक्षण गर्दै भोलिको बाटो तय गनुपर्ने बताउनुभयो । उहाँले व्यवसाय नाफाका लागि गरिने भए पनि औषधि व्यवसाय सेवामूलक व्यवसाय हो भन्ने भावनाका साथ कार्य गर्न आग्रह गर्नु भयो । औषधि व्यवसायको इतिहास पाल्पाबाट सुरु भएको भन्दै यस बारेमा थप अध्ययनको खाँचो समेत औंल्याउनु भएको थियो ।

संघका केन्द्रीय सचिव सुनिल श्रेष्ठले केन्द्रीय कार्यसमितिले रिफ्रेसर तालिमा सञ्चालन गरेको व्यवसायिक सहायक तालिमका लागि पहल गरिरहेको र संघका पदाधिकारीहरुको क्षमता अभिवृद्विका लागि नेतृत्व विकास तथा व्यवस्थापन क्षमता अभिवृद्वि गर्ने तालिम सञ्चालन गर्ने सोच अगाडी बढाएको बताउनुभएको थियो ।
कार्यक्रममा लुम्बिनी अञ्चल शाखा अध्यक्षले व्यवसायिक हित र सामाजिक हितका क्षेत्रमा काम गरिरहेको बताउनुभएको थियो । शाखाले उपशाखाको क्षमतावृद्विका लागि आवश्यक सहयोग गर्दै आइरहेको र भोलिका दिनमा समेत बताउनु भएको थियो ।

संस्थागत विकासका लागि क्रियाशीलता र इमान्दारीता महत्वपूर्ण पक्ष रहेको स्मरण गर्दै पाल्पा उपशाखा उत्कृष्ट उपशाखाको रुपमा विकास होस भन्ने शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा स्थानिय संघ÷संस्थाका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतले मन्तव्य राख्नु भएको थियो । अधिवेशनले शाखा अध्यक्ष रामलाल श्रेष्ठले प्रस्तुत गर्नुभएको आगामी योजना सहितको प्रगति प्रतिवेदन र कोषाध्यक्षले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।

13178577_1709633559302844_8856947007344263123_n
अधिवेशनबाट नेतृव चयनका लागि जारायण ज्ञवाली, युवराज घिमिरे, रुकमागत शर्मा रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरी कार्य सम्पादन गरिएको थियो । अधिवेशनबाट सर्वसम्मत रुपमा निम्न अनुसारको कार्यसमिति निर्वाचित भएको छ ।

अध्यक्ष- रामलाल श्रेष्ठ
निवर्तमान अध्यक्ष- नारायणबहादुर कार्की
उपाध्यक्ष- विष्णु केसी
महासचिव- समिरमान सिंह
कोषाध्यक्ष- सूर्य वस्याल
सचिव- मैना गौतम
सहकोषाध्यक्ष- बेणीमाधव आचार्य
सदस्य- मिलनध्वज श्रेष्ठ
सदस्य- मोहन ढकाल
सदस्य- रामनारायण क्षेत्री
सदस्य- यमबहादुर बुढाथोकी
सदस्य- झविन्द्र न्यौपाने