बागमती अञ्चल शाखाद्वारा साताव्यापी कार्यक्रम आयोजना

DSC03377

काठमाडौं– नेपाल औषधि व्यवसायी संघको ४४ औं स्थापना दिवसमा बागमती अञ्चल शाखाले साताव्यापी कार्यक्रम आयोजना गरेको छ । २०७४ असार ६ गते मंगलबारदेखि सुरु भएको साताव्यापी कार्यक्रम असार १६ गतेसम्म चलेको थियो ।

असार ६ गते कार्यसमिति सदस्य श्री नारायणप्रसाद भूसालको संयोजकत्वमा कालिका मावि, चा“गुनारायण– ६, नगरकोटमा पुनर्जलीय र जिंक चक्की प्रयोग विधिबारे प्रशिक्षण दिइएको थियो ।

यसैगरी असार १० गते शनिबार ललितपुरको मंगलबजारस्थित महारानीपोखरी मा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यसमिति सदस्य श्री नवराज खनाल संयोजकत्वमा भएको कार्यक्रममा आधुनिक औषधि तथा स्वास्थ्य व्यवसायी संघ ललितपुरकोसमेत सहकार्य थियो ।

यसैगरी असार ११ गते आइतबार धादिङ उद्योग वाणिज्य संघ, धादिङबेसीमा स्तन क्यान्सर तथा पाठेघर क्यान्सरसम्बन्धी चेतनामुलक कार्यक्रम आयोजना गरियो । कार्यसमिति सदस्य श्री राजु अधिकारीको संयोजकत्वमा भएको कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संघ, ललितपुरले सहयोग गरेको थियो ।

असार १२ गते सोमबार आरोग्य आश्रम, चाल्नाखेल, काठमाडौंमा औषधि तथा औषधिजन्य पदार्थ वितरण गरिएको थियो । सचिव एवं प्रवक्ता श्री श्रीधर खनालको संयोजकत्वमा भएको कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संघ, ललितपुरले सहयोग गरेको थियो ।

नेपाल औषधि व्यवसायी संघ बागमती अञ्चल शाखाको आयोजना एवं केमसन नेपाल, कुमकुम ब्यूटी ट्रेनिङ सेन्टरको सहकार्यमा कुष्ठरोग पीडितलाई कपाल कटाइ तथा तथा सरसफाइ कार्यक्रम आयोजना गरिएको छ ।

शाखाले असार १६ गते धूलिखेल नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिका लार्गि लागू तथा मनोद्वीपक औषधिसम्बन्धी कार्यशाला तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको थियो ।

धूलिखेल नगरपालिकाको सभाकक्षमा भएको कार्यक्रमको संयोजन कार्यसमिति सदस्य श्री सुदीप पाठकले गर्नुभएको थियो ।