बारा जिल्ला उपशाखाद्वारा फलफूल वितरण

bara

बारा– नेपाल औषधि व्यवसायी संघ बारा जिल्ला उपशाखाले २०७४ असार १० गते शनिबार कलैया अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।

संघको ४४ औं स्थापना दिवसका अवसरमा कोषाध्यक्ष श्री फिरोज आलमको अगुवाईमा फलफूव वितरण गरिएको हो । कार्यक्रमको समापन महासचिव श्री तापस सरकारकाले गर्नुभएको थियो ।

कार्यक्रममा अब्दुल हकिम अन्सारी, धनञ्जय कुमार, गौरी शंकर प्रसाद यादव, राजेश चौधरी, रविरञ्जन पाण्डे, प्रमोद चौधरी, राम एवाल पण्डित, अंगद कुमार, लालबाबु प्रसादसहित संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थिति थियो ।