मामाघरलाई मकवानपुर शाखाको सहयोग

Makawanpur

मकवानपुर– नेपाल औषधि व्यवसायी संघ मकवानपुरले मानव सेवा आश्रमलाई औषधि सहयोग गरेको छ ।

संघका अध्यक्ष श्री सुधीर दाहाल नेतृत्वको टोलीले मानसिक, नसालगायतका रोगको औषधि उपलब्ध गराएको हो । आश्रममा आश्रित ६७ जनालाई पुग्नेगरी औषधि उपलब्ध गराइएको दाहालले जानकारी दिनुभयो ।

बजारमा रहेका औषधि व्यवसायीबाट संकलित औषधि मानवसेवा आश्रमका रामजी अधिकारीलाई हस्तान्तरण गरिएको हो । वर्षाका कारण आश्रम पनि प्रभावित भएको थियो ।