ललितपुर र नेपालगञ्ज केन्द्रमा रिफ्रेसर तालिम सम्पन्न

ref

काठमाडौं– नेपालऔषधि व्यवसायी संघको व्यवस्थापन र औषधि व्यवस्था विभागको सुपरिवेक्षणमा आधुनिक औषधि बिक्री वितरण तालिम लिएकाहरुको लागि भेरी अञ्चलशाखा अन्तर्गत नेपालगञ्ज केन्द्रमा र बागमती अञ्चल शाखा अन्तर्गत ललितपुर केन्द्रमा रिप्रेmसर कोर्ष (पुनर्ताजगी) तालिम सम्पन्न भएको छ ।

नेपालगञ्ज केन्द्रमा सञ्चालित तालिमको उदघाटन औषधि व्यवस्था विभागका महानिर्देशक श्री नारायणप्रसाद ढकालज्यूले गर्नुभएको थियो । कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष श्री मृगेन्द्रमेहर श्रेष्ठज्यू विशिष्ट अतिथिको रुपमा उपस्थित हुनु भएको थियो । २०७४ साल श्रावण २१ गते देखि २७ गते सम्म नेपालगञ्ज केन्द्रमा सञ्चालित रिफ्रेसर तालिममा भेरी अञ्चलका १०४ जना औषधि व्यवसायीहरुको सहभागिता रहेको थियो ।

यसैबीच ललितपुर केन्द्रमा सञ्चालित तालिमको उद्घाटन कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक श्री नारायणप्रसाद ढकालज्यूको प्रमुख आतिथ्यता, औषधिव् यवस्थापक श्री सन्तोष के.सी.ज्यूको आतिथ्यता रहेको थियो भने संघका केन्द्रीयअध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठज्यू विशेष अतिथि रहनुभएको थियो । २०७४ साल भाद्र १० गते देखि १६ गते सम्म ललितपुर केन्द्रमा सञ्चालित रिफ्रेसर तालिममा बागमतीअञ्चलका १२४ जना औषधि व्यवसायीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठज्यूले संघको पहलमा २०५६ साल पछि नयाँ पाठ्यक्रमअनुसार पुन: सुचारु भएको रिप्रेmसर तालिम देशैभरीकाअन्य केन्द्रहरुमा क्रमश: सुचारु गरिने जानकारी गराउनु भएको थियो ।