विराटनगरका बाढी पीडितलाई नि:शुल्क औषधि वितरण

Koshi

मोरङ– अविरण वर्षापछिको बाढीबाट पीडित भएका विराटनगरवासीलाई नि:शुल्क औषधि वितरण गरिएको छ ।

नेपाल चिकित्सक संघ, नर्सिङ एसोसिएसन र नेपाल औषधि व्यवसायी संघ कोशीले संयुक्तरुपमा नि:शुल्क औषधिका साथी पानी शुद्धीकरण गर्ने क्लोरिन झोल वितरण गरेको छ । उक्त मानवीय कार्यमा औषधि व्यवसायी संघ केन्द्रीय समिति, स्थानीय औषधि व्यवसायी र स्थानीय औषधि उद्योगले सहयोग गरेका थिए ।

औषधि व्यवसायी संघको धरान र इटहरी ईकाई समितिले पनि स्थानीय प्रभावित क्षेत्रमा औषधि वितरण गरेका छन् ।

कोशी अञ्चल शाखाका अध्यक्ष श्री कुमार खतिवडाले मानवीय कार्यका लागि सहयोग गर्न औषधि उत्पादक संघ, औषधि बिक्री प्रतिनिधि संघ र औषधिगत बिक्री प्रबन्धक संघलाई पनि ऐक्यबद्धताको लागि अपिल गर्नुभएको छ ।