संघको स्थापना दिवसमा देशैभर रक्तदान कार्यक्रमहरु सम्पन्न

NCDA BB

नेपाल औषधि व्यवसायी संघको ४६औं स्थापना दिवस ‘NCDA Day’ विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि देशैभर विविध कार्यक्रमहरु सञ्चालन गरी भव्यताका साथ मनाएको छ । यसपपटक संघको ४६औं स्थापना दिवसको दिन आषाढ १० गते देशै भर व्यवसायीक एकताको लागि रक्तदान कार्यक्रम गर्नको लागि केन्द्रबाट संघका शाखा तथा उपशाखाहरुलाई आव्ह्वान गरिएको थियो । सोही अनुरुप देशैभर रक्तदान कार्यक्रमहरु सम्पन्न भएका छन् ।

कोशी अञ्चल शाखा

Koshi1

Koshi

कोशी अञ्चल शाखाले विराटनगरमा सञ्चालन गरेको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेको संघका उपकोषाध्यक्ष तथा कार्यक्रम संयोजक विजय राजवंशीले जानकारी दिएका छन् । रगत अभावको समयमा संघले गरेको रक्तदान कार्यक्रमबाटै विरामीहरुले रगत लिएर गएको संघका अध्यक्ष कुमार खतिवडाले बताए । कार्यक्रममा संघका पदाधिकारी, सदस्यहरु र औषधि व्यवसायीहरु सहभागी भएका थिए ।
जनकपुर अञ्चल शाखा
janakpurजनकपुर शाखाले जनकपुरधाम, जनकचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रमबाट २१ पौईन्ट रगत संकलन भएको थियो । जसमा शाखा महासचिव प्रमोद कुमार अग्रवाल लगायतले रक्तदान गर्नुभएको थियो ।
नारायणी शाखा
narayaniसंघको ४६ औं स्थापना दिवसको अवसरमा नारायणी अञ्चल शाखाले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा शाखा अध्यक्ष मो. ताजुद्धिन अन्सारी लगायत शाखा पदाधिकारी तथा सदस्यज्यूहरु एवं औषधि व्यवसायीहरुको उत्साहजनका सहभागिता रहेको थियो ।

गण्डकी शाखा
Gandakiनेपाल औषधी व्यवसायी संघको स्थापना दिवसमा औषधी व्यवसायी संघ गण्डकीे शाखाले मंगलबार रक्तदान कार्यक्रम गरेको छ । पोखराको पृथ्वीचोकमा आयोजित रक्तदान कार्यक्रममा ७६ यूनिट रगत संकलन भएको कार्यक्रम संयोजक सन्जिब देवकोटाले जानकारी दिए । प्रमुख अतिथि नेपाल औषधी व्यवसायी संघका केन्द्रिय सचिव यमनाथ पौडेलले पहिलो रक्तदाता सबिन अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गर्दे कार्यक्रमको शुभारम्भ गरेका थिए ।

प्रमुख अतिथि पौडेलले रक्तदान जस्तो पवित्र कार्यले समाजमा रगतको अभावले अकालमा कसैले मृत्युवरण गर्न नपर्ने बताए । कार्यक्रममा ५७ औ पटक रक्तदान गरि सकेका औषधी व्यवसायी तिर्थराज अवस्थीलाई प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको नेपाल औषधी व्यवसायी संघ गण्डकी शाखाका अध्यक्ष राम बहादुर केसीले जानकारी दिए ।

त्यस अवसरमा टंकप्रसाद अधिकारी,नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष जितेन्द्रमान शाक्य, दाह्री ग्याङका संयोजक बसन्त पहारी,रक्तसंचार केन्द्रका ध्रुवमणि लामिछाने लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संचालन संघका महासचिव कृष्ण पाण्डेले गरेका थिए ।

धवलागिरी शाखा
Dawalagiri४६ औं स्थापना दिवसको अवसरमा धवलागिरी शाखाले बाग्लुङ्ग बजारमा रहको मानव सेवा आश्रमलाई २ थान सिलिङ फ्यानहरु प्रदान गरेको छ । सिलिङ फ्यान हस्तान्तरण कार्यक्रममा शाखा अध्यक्ष टेक नारायण के.सी. लगायत पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

लुम्बिनी अञ्चल शाखा
Lumbiniनेपाल औषधि व्यवसायी संघ, लुम्बिनी अञ्चल शाखाले संघको ४६ औं स्थापना दिवसको अवसरमा असार १० गतेका दिन रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष शिव ज्ञवालीको अध्यक्षता, संघका केन्द्रीय निर्वतमान अध्यक्ष बाबुराम भट्टराईको प्रमुख आतिथ्यता,कार्यक्रम संयोजक थानेश्वर ज्ञवालीको स्वागत तथा महासचिव लुकराज न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा संघका कार्यसमिति, पदाधिकारी, सदस्य लगायत स्थानीय औषधि व्यवसायी उल्लेख्य उपस्थिति रहेको थियो । सामाजीक उत्तरदायीत्व अन्तरगत शाखाको वार्षिक कार्ययोजना अनुसार संघ स्थापनाको अवसरमा सो कार्यक्रम गरिएको हो । कार्यक्रमको प्रारम्भ संस्थापक अध्यक्ष पुष्पलाल राज भण्डारीको फोटोमा पुष्पगुच्छा सहित माल्यार्णपणबाट भएको हो । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि बाबुराम भट्टराईले संघले आज सघंको स्थापना दिवसको अवसरमा देशभरिनै रक्तदान तथा सामाजीक कार्यहरु गर्दै आएको र आगामी दिनहरुमा पनि आफ्नो सामाजिक कार्यक्रमहरु सञ्चालन गर्दै जाने कुरा व्यक्त गर्नुभएको थियो । केन्द्रीय उपाध्यक्ष राम प्रसाद खरेलले रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद दिनुभएको थियो । पूर्व अध्यक्ष डा.रोहितराज क्षेत्रीले संघले रक्तदान कार्यक्रमलाई निरन्तरता दिएकोमा कार्यसमितिलाई धन्यवाद दिनुभएको थियो । छ । त्यस्तै मन्तव्यकै क्रममा अध्यक्ष शिव ज्ञवालीले आज नेपाल बन्दको दिन पनि रक्तदान कार्यक्रमलाई सहज रुपमा सञ्चालन गर्नु भएका कार्यक्रम संयोजकलाई धन्यवाद दिनुभएको थियो । रक्तदान मानिसको जीवनसंग सम्बन्धित भएकोले यसको महत्वलाई बुझेर सबैले सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा बाबुराम भट्टराई ,सुनिल श्रेष्ठ, राम प्रसाद खरेल, डा.रोहितराज क्षेत्री, बैकुण्ठ कोइराला, शिव ज्ञवालीले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमबाट ४१ प्वाइन्ट रगत संकलन गरिएको जानकारी कार्यक्रम संयोजक थानेश्वर ज्ञवालीले दिनु भएको छ । कार्यक्रममा प्रकाश ज्ञवाली, बाबुराम खनाल, बाबुराम भट्टराई, विष्णु बहादुर मुखिया, नारायण बहादुर थापा, कृष्ण बहादुर मुखिया, अमृत सापकोटा, इश्वर खड्का, कृष्ण प्रसाद ज्ञवाली, लक्ष्छु भण्डारी, सन्तोष खड्का, लुकराज न्यौपाने, दिपक भुसाल, विशाल घिमिरे, नवराज ढुङगाना, भोषराज वास्ती, खेमराज तिवारी, हिमाल कार्की, तिलकराम ज्ञवाली, जय कुमार चौधरी, सुनिल श्रेष्ठ, दिनेश कुमार कुर्मि, विन्देश्वरी कुर्मि, रमेश विक्रम कुँवर, गोविन्द पाण्डे, अनिल खनाल, थानेश्वर ज्ञवाली, आशिष लम्साल, विष्णु जि.सी., धु्रव राना, सूर्य प्रसाद ज्ञवाली, मुकेश श्रेष्ठ, आकाश भुसाल, देवेन्द्रराज क्षेत्री, डाँसिराम मरासिनी, विक्रम गौतम, केशव भण्डारी, सन्तोष रैदास, विजय कुमार हरिजन, पिन्टु चौधरी, सुशिल कुमार चौधरी कुर्मि लगायतले रक्तदान गर्नु भएको थियो ।
मानवसेवा आश्रमलाई सहयोग हस्तान्तर

Lumbini Khanaनेपाल औषधि व्यवसायी संघ, लुम्बिनी अञ्चल शाखाले, संघको ४६ औं स्थापना दिवसको अवसरमा असार ९ गते बुटवलमा सञ्चालील मानवसेवा आश्रममा गएर आश्रममा आश्रीतहरुलाई खाना खुवाउने तथा आश्रम’लाई नगद रु ६१००। सहयोग प्रदान गरेको छ । प्रमुख अतिथि केन्द्रीय निर्वतमान अध्यक्ष बाबुराम भट्टराईले पानसमा दीप प्रज्वलीत तथा शुभ जन्म दिनको अवसरमा केक काटेर उद्घाटन गर्नु भएको थियो । संघका अध्यक्ष शिव ज्ञवालीको अध्यक्षता, संघका केन्द्रीय निर्वतमान अध्यक्ष बाबुराम भट्टराईको प्रमुख आतिथ्यता, अतिथि केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, मानवसेवा आश्रम सञ्चालीका सरु अधिकारी, शेर बहादुर गौतम र संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थिती रहेको थियो । महासचिव लुकराज न्यौपानेकोे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रमुख अतिथि बाबुराम भट्टराईले मानसेवा आश्रमलाई आवश्यक पर्ने औषधिहरु सम्भव भएसम्म निःशुल्क दिने सम्भव नभएमा आफ्नो खरिद मूल्यमा औषधिहरु उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । अध्यक्ष शिव ज्ञवालीले मानसेवा आश्रमबाट औषधि खरिद गर्न आएमा थोक व्यवसायीहरुले नाफा नलिइकिन औषधिहरु उपलव्ध गराउन अनुरोध गर्नुभएको थियो । मानजसेवा आश्रमका सञ्चालक सरु अधिकारीले संस्था बारेमा जानकारी गराउँदै संघको स्थापना दिवसको अवसरमा सहयोग गरेकोमा नेपाल औषधि व्यवसायी संघ तथा कार्यक्रम संयोजकलाई विशेष धन्यवाद दिनुभएको थियो । आगामि दिनहरुमा पनि सहयोगको आशा राखेको बताउनु भएको छ ।

भेरी अञ्चल शाखा
Bheriस्थापना दिवसको अवसरमा भेरी अञ्चल शाखाले आषाढ १० गते प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । प्रभातफेरी कार्यक्रममा शाखाध्यक्ष अभय कुमार बस्नेत लगायत शाखा पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।

सेती अञ्चल शाखा
Setiनेपाल औसधि ब्यावसायी संघ को ४६ औ स्थापना दिवसको अवसरमा ने. औ.ब्या. संघ सेती अञ्चल शाखाले टिकापुरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रमको साथै उक्त शाखाले वृछारोपण र बिरामीहरुलाई फलफूल बितण लगायतका कार्यक्रमहरु सञ्चालन गरी स्थापना दिवस भव्यताका साथ मनाएको कार्यवाहक अध्यक्ष टेक नारायण पौडेलले बताएका छन् ।

महाकाली अञ्चल शाखा
Mahakaliनेपाल औषधि व्यवसायी संघ, महाकाली शाखाले मंगलवार नेपाल रेडक्रस सोसाईटीका प्राविधिक नरेन्द्र देव जोशीको सहयोगमा रेडक्रस सोसाईटीको सभा हलमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल औषधि व्यवसायी संघका महासचिव रामचन्द्र बुडाले संघको ४६औं स्थापना दिवसमा रक्तदान गरिएको बताए । महासचिव बुडाले सामाजिक कार्यका लागि रक्तदान गरिएको बताए । नेपाल औषधि व्यवसायी संघका केन्द्रीय कार्यसमिति सदस्य ललिता नन्द जोशीको प्रमुख आतिथ्यता र शाखाका अध्यक्ष घनश्याम कलौनीको सभापतित्वमा कार्यक्रम सञ्चालन भएको थियो भने महासचिव रामचन्द्र बुडाद्वारा कार्यक्रम सञ्चालन गरिएको थियो । ११ जनाले रक्तदान गरेको उक्त कार्यक्रममा कञ्चनपुरका औषधि व्यवसायी संघका पदाधिकारीहरु एवं सदस्यहरुको सहभागीता रहेको थियो ।

चितवन जिल्ला शाखा
Chitwanचितवन जिल्ला शाखाले ४६ औं स्थापना दिवसको उपलक्ष्यमा लागू औषध विरुद्ध सचेतनात्मक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु, पूर्व पदाधिकारी तथा सदस्यहरुको साथै औषधि व्यवसायीहरुको सहभागिता रहेको थियो ।

तनहुँ जिल्ला उपशाखा
Tanahuसंघको ४६ औं स्थापना दिवसको उपलक्ष्यमा तनहुँ जिल्ला उपशाखाले रक्तदान कार्यक्रम दमौलीको अनसन चौतारीमा आयोजना गरी सम्पन्न गरेको छ । कार्यक्रममा शाखा अध्यक्ष लगायत पदाधिकारी तथा सदस्यहरु र औषधि व्यवसायीहरुको सहभागिता रहेको थियो । स्थापना दिवसकै उपलक्ष्यमा तनहुँ जिल्ला उपशाखाले साधारण स्वास्थ्य परिक्षण तथा खाद्यान्न वितरणको कार्यक्रम समेत सम्पन्न गरेको छ ।

मकवानपुर जिल्ला उपशाखा
Makawanpurब्लड बैक हेटौंडामा रगतको अभाव भएको भन्दै हेटौंडा खुला रक्तदान गरिएको छ । नेपाल औषधी व्यवसायी संघको ४६ औं स्थापना दिवसका अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
हेटौडाको बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा युवा व्यवसायी, महिला पुरुष गरी ४१ जनाले रक्तदान गरेका थिए। यता नेपाल औषधी व्यवसायि संघ मकवानपुरका अध्यक्ष सुधिर दहालले ब्लड बैंकमा रगतको अभाव भएको जानकारी पाएको र स्थापना दिवसको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम गरिएको बताए । उनले सबै युवाहरूलाई रक्तदान गरेर रगतको अभाव कम गर्न सहयोगी भुमिका खेल्ने उद्देश्यले नेपाल औषधी व्यवसायि संघ मकवानपुरले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।