सुरक्षित गर्भपतनबारे तालिम आयोजना

DSC03788

काठमाडौं– नेपाल औषधि व्यवसायी संघले सुरक्षित गर्भपतनबारे एक तालिम आयोजना गरेको छ ।

पीएसआईको सहयोगमा काठमाडौंमा साउन २७ गते आयोजना गरिएको तालिममा २ दर्जनभन्दा बढीको सहभागिता थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल औषधि व्यवसायी संघका अध्यक्ष श्री मृगेन्द्रमेहर श्रेष्ठले अभियानकैरुपमा औषधि व्यवसायीहरुलाई असुरक्षित गर्भपतनबारे जानकारी गराउनुपर्नेमा जोड दिनुभयो । ‘असुरक्षित गर्भपतनबारे प्रयाप्त ज्ञान नहुँदा समस्या दोहोरिन सक्छन्,’ उहाँले भन्नुभयो, ‘सचेतना महत्त्वपूर्ण कुरा हो ।’

परिवार स्वास्थ्य महाशाखाका प्रमुख श्री डा. नरेशप्रताप केसीले गर्भपतमा २१ प्रकारका औषधि प्रयोग भएको बताउनुभयो । ‘अहिलेसम्म ४ प्रकारका औषधिमात्रै प्रयोग अनुमति दिइएको छ,’ उहाँले भन्नुभयो ‘तर २१ प्रकारकाभन्दा बढी औषधि प्रयोग हुने गरेको छ ।’

पीएसआईको सुरक्षित गर्भपतन कार्यक्रमका निर्देशक श्री खिमराज श्रेष्ठले प्रतिबन्धित औषधिमा नाफा बढी हुने आशामा फार्मेसीबाट प्रतिबन्धित औषधिको बिक्री हुने गरेको बताउनुभयो । ‘जनताको पहिलो स्वास्थ्य उपचार केन्द्र भनेको फार्मेसी नै हो,’ उहाँको भनाइ थियो, ‘अब फार्मेसीहरुमा सचेतना फैलाउन जरुरी छ ।’

औषधि व्यवस्था विभागको व्यवस्थापन महाशाखाका श्री सन्तोष केसीले औषधि पसलहरुमा बिना पुर्जा औषधि वितरण गर्नु हुँदैन भन्ने सन्देश बलियोरुपमा स्थापित हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘व्यवसायीहरुले नै असुरक्षित गर्भपतनजस्ता समस्यालाई रोक्न सक्छन् ।’

औषधि व्यवसायी संघका महासचिव हरिप्रसाद बिडारीले सञ्चालन गर्नुभएको कार्यक्रममा परिवार स्वास्थ्य महाशाखाका श्रीमती डा. पूण्य पौडेललगायतले असुरक्षित गर्भपतनको समस्या निर्मुल गर्न नसकिए पनि नियन्त्रण गर्न सकिने बताउनुभयो ।

 

 

DSC03779

DSC03781

DSC03797

DSC03810