हेटौंडा अस्पतालमा फलफूल वितरण

makawanpur

हेटौंडा– नेपाल औषधि व्यवसायी संघ उपशाखा मकवानपुरले हेटौंडा अस्पतालमा उपचार गराइरहेका बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।

संघको ४४ औं वार्षिकोत्सवको उपलक्ष्यमा संघका अध्यक्ष सुधीर दाहालसहितको टोलीले फलफूल वितरण गरेको हो । कार्यक्रममा अस्पतालमा उपचाररत ६४ जनालाई फलफूल वितरण गरिएको र अन्य समयमा पनि संघ यस्ता कार्यमा लागिरहने बताइएको छ ।

कार्यक्रममा हेटौंडा अस्पताल विकास समिति अध्यक्ष रमेश गिरी, नेपाल औषधि व्यवसायी संघ मकवानपुरका अध्यक्ष दाहाल, नेपाल स्वास्थ्यकर्मी संघ मकवानपुरका अध्यक्ष रामआदार पाण्डेलगायतको सहभागिता रहेको थियो ।