४३ औं स्थापना दिवसमा औषधि व्यवसायी संघको सहयोग

ncda2345

काठमाडौं- नेपाल औषधि व्यवसायी संघले आफ्नो ४३ औं स्थापना दिवसका अवसरमा जितपुरफेदीस्थित मातृ नेपाल अपांग संघमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ ।

असार १० गते एक कार्यक्रम आयोजना गरि औषधि व्यवसायी संघले चामल, दाल, नुन, तेल, तरकारीलगायत खाद्यान्न सहयोग गरेको हो । केन्द्रीय कार्यवाहक अध्यक्ष श्री प्रकाशकुमार खण्डेवालले अपांग संघका अध्यक्ष नरबहादुर राउतलाई सहयोग हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण कार्यक्रममा सदस्य श्रीमती भारती जोशीले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो भने केन्द्रीय सदस्य श्री रामेश्वर श्रेष्ठले कार्यक्रमको औचित्वबारे प्रकाश पार्नुभएको थियो । धन्यवाद ज्ञापन उपकोषाध्यक्ष श्री राजेशकुमार प्रधानले गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन महासचिव श्री हरि बिडारीले गर्नुभएको थियो ।