थप समाचार


ncda44

औषधि व्यवसायी संघ भेरी अञ्चल शाखाद्वारा प्रभातफेरी आयोजना

विद्यालयमा स्टेशनरी तथा खाजा वितरण कार्यक्रम पनि सम्पन्न भेरी– २०७४ साल आषाढ १० गते शनिबार नेपाल औषधि व्यवसायी संघको ४४ औं स्थापना दिवसका अवसरमा भेरी अञ्चल शाखाले प्रभातफेरी आयोजना गरेको छ । प्रभातफेरीमा संघका पूर्वअध्यक्ष, सल्लाहकार, वर्तमान पदाधिकारी एवं सदस्यहरु तथा साधारण सदस्यज्यूहरुको सहभागिता थियो । भेरी अञ्चल शाखाले आधारभूत माध्यमिक विद्यालय सल्यानी बाग नेपालगन्जका […]

DSC03377

बागमती अञ्चल शाखाद्वारा साताव्यापी कार्यक्रम आयोजना

काठमाडौं– नेपाल औषधि व्यवसायी संघको ४४ औं स्थापना दिवसमा बागमती अञ्चल शाखाले साताव्यापी कार्यक्रम आयोजना गरेको छ । २०७४ असार ६ गते मंगलबारदेखि सुरु भएको साताव्यापी कार्यक्रम असार १६ गतेसम्म चलेको थियो । असार ६ गते कार्यसमिति सदस्य श्री नारायणप्रसाद भूसालको संयोजकत्वमा कालिका मावि, चा“गुनारायण– ६, नगरकोटमा पुनर्जलीय र जिंक चक्की प्रयोग विधिबारे प्रशिक्षण दिइएको […]

Gandaki

नेपाल औषधि व्यवसायी संघ गण्डकी शाखाको खुल्ला रक्तदान पोखरामा सम्पन्न

पोखरा– नेपाल औषधि व्यवसायी संघ गण्डकी शाखाले असार १० गते खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । प्रमुख अतिथि एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति श्री डा. बुद्धिबहादुर थापाले कार्यक्रमको उदघाटन गर्नुभएको थियो । संस्थाले ४४ औं वार्षिकोत्सवको अवसरमा खुला रक्तदान कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा ३४ युनिट रगत संकलन भएको संघका महासचिव […]

Lumbini

लुम्बिनी अञ्चल शाखाद्वारा रक्तदान र सहयोग हस्तान्तरण

बुटवल– नेपाल औषधि व्यवसायी संघ, लुम्बिनी अञ्चल शाखाले संघको ४४ औ स्थापना दिवसको अवसरमा असार ९ गतेका दिन रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष शिव ज्ञवालीको अध्यक्षता, संघका केन्द्रीय निर्वतमान अध्यक्ष बाबुराम भट्टराईको प्रमुख आतिथ्यता,कार्यक्रम संयोजक थानेश्वर ज्ञवालीको स्वागत तथा महासचिव लुकराज न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संघका कार्यसमिति, पदाधिकारी, […]

Mahakali

महाकाली शाखाद्वारा खाद्यान्न वितरण

महाकाली– नेपाल औषधि व्यवसायी संघको ४४ औं स्थापना दिवसका अवसरमा महाकाली अञ्चल शाखाले महिला तथा बृद्ध सेवा केन्द्र महेन्द्रनगरमा खाद्यान्न वितरण गरेको छ ।