NCDA लुम्बिनी शाखाद्वारा सम्बन्ध विस्तार तथा अन्तरक्रिया कार्यक्रम आयोजना

sambandha

sambandha२० जेठ, २०७३
वुटवल- नेपाल औषधि व्यवसायी संघ, केन्द्रीय कार्यालयको आयोजनामा सञ्चालन हुने नेतृत्व विकास तथा सचिवालय व्यवस्थापन तालिम कार्यक्रमको पूर्वसन्ध्यामा नेपाल औषधि व्यवसायी संघ, लुम्बिनी अञ्चल शाखा, वुटवलले सम्बन्ध विस्तार तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

मिति २०७३ साल ज्येष्ठ २० गते वुटवलमा आयोजित कार्यक्रममा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, सम्पूर्ण अञ्चल शाखाका पदाधिकारीहरु, तथा शाखा कार्यसमितिका पूर्व पदाधिकारी तथा सल्लाहकारहरु, वर्तमान सल्लाहकारहरु र स्थानीय पत्रकारहरुलाई आमन्त्रण गरिएको थियो ।

“गुणयुक्त, असरयुक्त र जनसुरक्षित औषधिको आपूर्ति : हाम्रो प्रतिबद्धता’’ नारा सहित आयोजित कार्यक्रम शाखाका अध्यक्ष श्री शिव ज्ञवालीको सभापतिमा भएको थियो भने प्रमुख अतिथि केन्द्रीय अध्यक्ष श्री मृगेन्द्रमेहर श्रेष्ठ, विशिष्ट अतिथिहरुमा केन्द्रीय सल्लाहकाहरु, केन्द्रीय निवर्तमान अध्यक्ष, केन्द्रीय उपाध्यक्षहरु र केन्द्रीय महासचिवलाई आमन्त्रण गरिएको थियो ।