NCDA सगरमाथा अञ्चल शाखामा नयाँ नेतृत्व

NCDA LOGO

सिरहा– नेपाल औषधि व्यवसायी संघ सगरमाथा अञ्चल शाखामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ ।

२०७३ भाद्र २५ गते भएको अञ्चल अधिवेशनले श्री श्यामप्रसाद राउतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्ष (थोक)मा श्री सन्तोषकुमार अग्रवाल, उपाध्यक्ष (खुद्रा)मा श्री फैयाज अन्सारी, महाचिवमा श्री अनिल उपाध्याय, श्री कोषाध्यक्षमा उमाप्रसाद चौधरी, सचिवमा श्री विपिनकुमार साह, उपकोषाध्यक्षमा श्री विनोदचन्द्र देव निर्विरोध चयन हुनुभएको छ ।

सदस्यहरुमा श्री अजयकुमार झा, श्री बालोप्रसाद भगत, श्री सरोजकुमार महासेठ, श्री प्रमोद साह, श्री डम्बरप्रसाद गुप्ता, श्री प्रमोद यादव, श्री शम्भूप्रसाद साह र श्रीमती जानुका पराजुली चयन हुनुभयो ।