NCDA News
  • Website Under Construction

औषधि उद्योगमा छापा मारिएकोप्रति औषधि व्यवसायी संघको आपत्ति

फाल्गुन २२, २०७२- नेपाल औषधि व्यवसायी संघले लोमस फर्मास्यूटिकल्स प्रा.लि र देउराली जनता फर्मास्यूटिकल्स प्रा.लि.मा प्रहरीले छापा मार्दै सञ्चालकमाथि भएको धरपकडको विरोध जनाएको छ ।

भूकम्प र पाँच महिनाको नाकाबन्दीले थलिएको औषधि उद्योगमा प्रशासनको हठात् दुव्र्यवहार झन् व्यवसायीका लागि पीडादायी भएको संघले जनाएको छ । ‘मानव जीवनसँग प्रत्यक्ष जोडिएको जीवनरक्षक औषधिजस्तो संवेदनशील व्यवसायमा सरकारको पूर्वाग्रहपूर्ण गरिएको व्यवहारले हतोत्साहित र चिन्तित तुल्याएको छ,’ संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

संघले असहज अवस्थाका वावजुद पनि नेपालका औषधि व्यवसायीले आफ्नो व्यवसायिक दायित्व र धर्म निर्वाह गरिरहेको स्मरण गराउँदै व्यवसायिक ऐक्यबद्धता जनाएको छ । ‘नाकाबन्दीको अवस्थामा सबै व्यवसायमा कालोबजारी हुँदा पनि औषधि व्यवसायीले महंगो मूल्यमा इन्धन खरिद गरेर भए पनि औषधि अभाव हुन नदिएको छर्लंगै छ,’ विज्ञप्तीमा भनिएको छ, ‘सतही सूचनाका आधारमा प्रष्टिकरणको मौका समेत नदिई एकतर्फी रुपमा धरपकड गर्दा व्यवसायीको मनोबल खस्किने र समग्र स्वास्थ्य क्षेत्रमा नै नकारात्मक प्रभाव पर्न जानेप्रति सजग रहन सरोकारवाला निकायको ध्यानाकर्षण गराउँछौँ ।’

संघले पक्राउ परेका व्यवसायीलाई रिहा गर्न र वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरेको छ ।

संघले औषधि व्यवसायीलाई पनि राज्यको नीति नियमको परिधिभित्र रहेर व्यवसाय सञ्चालनका लागि अपिल गरेको छ ।

 

  • कर्णाली अञ्चल शाखा
  • महाकाली अञ्चल शाखा
  • सेती अञ्चल शाखा
  • राप्ती अञ्चल शाखा
  • भेरी अञ्चल शाखा
  • लुम्बिनी अञ्चल शाखा
  • धौलागिरी अञ्चल शाखा
  • गण्डकी अञ्चल शाखा
  • बागमती अञ्चल शाखा
  • नारायणी अञ्चल शाखा
  • जनकपुर अञ्चल शाखा
  • सगरमाथा अञ्चल शाखा
  • कोशी अञ्चल शाखा
  • मेची अञ्चल शाखा