NCDA News
  • Website Under Construction

औषधि व्यवसायमा आतंक सिर्जना गरेको NCDA को ठहर

असार २९, २०७३
वाणिज्य विभाग, आपूर्ति व्यवस्थापन विभागलगायत सरकारी निकायहरुबाट दिनयता काठमाडौंसहित देशभर औषधि पसलमा गरेको अनुगमनप्रति नेपाल औषधि व्यवसायी संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले अव्यवस्थित र अमर्यादित अनुगमनले विभिन्न संकटमा गुज्रिरहेका व्यवसायीलाई थप निरुत्साहित बनाएको संघको ठहर छ । ‘अनुगमनका नाममा स्वास्थ्य जस्तो सम्बेदनशील व्यवसायमा रहका व्यवसायीहरु माथि, व्यवसायीहरुको इज्जत तथा प्रतिष्ठामा समेत आँच पुग्ने गरी र व्यवसायीहरुलाई आतंकित बनाउने, पेसा र व्यवसायलाई नै समाजमा घृणित बनाउने गरी भैरहेको अनुगमन कार्य कदापि स्वीकार्न सकिँदैन,’ अध्यक्ष श्री मृगेन्द्रमेहर श्रेष्ठद्वारा जारी विज्ञप्तीमा लेखिएको छ ।

संघले राज्यका निकायबाट हुने नियमन र अनुगमनको कार्यलाई स्वागत गर्ने उल्लेख् गर्दै तर व्यवस्थित र विश्वसनीय बनाउन माग गरेको छ ।

2073032904_press_release

  • कर्णाली अञ्चल शाखा
  • महाकाली अञ्चल शाखा
  • सेती अञ्चल शाखा
  • राप्ती अञ्चल शाखा
  • भेरी अञ्चल शाखा
  • लुम्बिनी अञ्चल शाखा
  • धौलागिरी अञ्चल शाखा
  • गण्डकी अञ्चल शाखा
  • बागमती अञ्चल शाखा
  • नारायणी अञ्चल शाखा
  • जनकपुर अञ्चल शाखा
  • सगरमाथा अञ्चल शाखा
  • कोशी अञ्चल शाखा
  • मेची अञ्चल शाखा