NCDA News
  • Website Under Construction

औषधि व्यवसायीले दिए २५ लाखको औषधि (annapurnapost.com)

काठमाडौ : नेपाल औषधि व्यवसायी संघले भूकम्प पीडितको उपचार लागि २५ लाख रुपैयाँ बराबरको औषधि हस्तान्तरण गरेको छ ।

संघले शुक्रबार ट्रमा सेन्टरलाई १२ लाखको औषधि हस्तान्तरण गरेको हो । संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठ र बागमती अञ्चल अध्यक्ष रामेश्वर श्रेष्ठले औषधि हस्तान्तरण गरे ।

ट्रमा सेन्टर, किष्ट अस्पताल र भूकम्प पीडितका लागि भएका विभिन्न स्वास्थ्य शिविरमा २५ लाखको औषधि हस्तान्तरण गरिएको संघका केन्द्रीय अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मेडिकल, सर्जिकललगायत अत्यावश्यक औषधि एवं औषधिजन्य वस्तु हस्तान्तरण गरिएको हो ।

औषधि हस्तान्तरण कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. गणेश गुरुङले राष्ट्रिय विपत्तिको समयमा व्यवसायीले गरेको प्रयासप्रति धन्यवाद दिए ।

बागमती अञ्चल अध्यक्ष रामेश्वर श्रेष्ठले व्यवसायिक उत्तरदायित्व अन्र्तगत भूकम्प पीडितकालागि औषधि हस्तान्तरण गरिएको बताए । विपतको समयमा व्यवसायीले सरकारको सहयोगीको भूमिका खेल्ने उनले प्रतिबद्धता जनाए ।

  • कर्णाली अञ्चल शाखा
  • महाकाली अञ्चल शाखा
  • सेती अञ्चल शाखा
  • राप्ती अञ्चल शाखा
  • भेरी अञ्चल शाखा
  • लुम्बिनी अञ्चल शाखा
  • धौलागिरी अञ्चल शाखा
  • गण्डकी अञ्चल शाखा
  • बागमती अञ्चल शाखा
  • नारायणी अञ्चल शाखा
  • जनकपुर अञ्चल शाखा
  • सगरमाथा अञ्चल शाखा
  • कोशी अञ्चल शाखा
  • मेची अञ्चल शाखा