NCDA News
  • Website Under Construction

औषधि व्यवसायी संघ केन्द्रीय समितिको नयाँ वेबसाइट सञ्चालनमा

२०७३ वैशाख १३ गते
काठमाडौं- औषधि व्यवसायी संघ केन्द्रीय कार्य समितिको नयाँ वेबसाइट सञ्चालनमा आएको छ ।

क्षेत्रपाटीस्थित केन्द्रीय कार्यालयमा संघका केन्द्रीय अध्यक्ष श्री मृगेन्द्रमेहर श्रेष्ठले बटन दबाएर नयाँ वेबसाइटको शुभारम्भ गर्नुभयो । कार्यक्रममा केन्द्रीय महासचिव श्री हरिप्रसाद बिडारी, कोषाध्यक्ष श्री अजित खड्का, उपकोषाध्यक्ष श्री राजेशकुमार प्रधान, वेबसाइट उपसमिति संयोजकसमेत रहनुभएका केन्द्रीय कार्यसमिति सदस्य श्री रामेश्वर श्रेष्ठलगायतको उपस्थिति थियो ।

वेबसाइट शुभारम्भपछि बोल्दै संघका केन्द्रीय अध्यक्ष श्री मृगेन्द्रमेहर श्रेष्ठले संस्थाको सूचना तथा जानकारीलाई देशभरका शाखा कार्यालय एवं व्यवसायीमाझ पुर्‍याउन सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सूचना प्रविधिको समयमा वेबसाइटले व्यवसायीलाई जानकारी बाँड्न सजिलो हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा वेबसाइट उपसमिति संयोजकसमेत रहनुभएका केन्द्रीय कार्यसमिति सदस्य श्री रामेश्वर श्रेष्ठले वेबसाइट अत्याधुनिक बनाइएको बताउँदै समयानुकुल परिवर्तन हुँदै जाने जानकारी दिनुभयो । उहाँले देशभरका शाखा कार्यालयहरुको सूचना तथा जानकारीलाई अलग अलग सब-डोमेन बनाएर व्यवस्थित गरिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा वेबसाइटको प्राविधिक पक्षबारे आईटील्याब प्रा.लि.का प्रबन्ध निर्देशक श्री सुरज अधिकारीले प्रकाश पार्नुभएको थियो ।

IMG_3624 IMG_3626 IMG_3628 IMG_3632 IMG_3634 IMG_3638

  • कर्णाली अञ्चल शाखा
  • महाकाली अञ्चल शाखा
  • सेती अञ्चल शाखा
  • राप्ती अञ्चल शाखा
  • भेरी अञ्चल शाखा
  • लुम्बिनी अञ्चल शाखा
  • धौलागिरी अञ्चल शाखा
  • गण्डकी अञ्चल शाखा
  • बागमती अञ्चल शाखा
  • नारायणी अञ्चल शाखा
  • जनकपुर अञ्चल शाखा
  • सगरमाथा अञ्चल शाखा
  • कोशी अञ्चल शाखा
  • मेची अञ्चल शाखा