NCDA News
  • Website Under Construction

कपिलवस्तुमा घरदैलो सम्पन्न

नेपाल औषधि व्यवसायी संघ, लुम्बिनी अञ्चल शाखा बुटवलले औषधि व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले यहि आश्विन १९ गते कपिलवस्तु र रुपन्देहीका विभिन्न ठा“उहरुमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । संघको वार्षिक कार्ययोजना बमोजिम संघका कोषाध्यक्ष लुकराज न्यौपाने, उप—कोषाध्यक्ष विज्ञानध्वज श्रेष्ठ, सदस्यहरु पुरुषोत्तम भट्टराई, राजु पुन, कृष्ण भट्टराई लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । घरदैलोको दौरानमा औषधि पसलहरुलाई पसल सफा राख्न, म्याद नाघेका औषधिहरुको अलग्गै व्यवस्थापन गर्न, औषधि व्यवस्था विभाग, नेपाल औषधि व्यवसायी संघ र आन्तरीक राजश्व कार्यालय लगायत सम्बन्धित निकायबाट जारी सूचनाको परिपालना गर्न सुझाव प्रदान गरिएको थियो । व्यवसायीहरुले व्यवसायिक हित र संरक्षणका ठोस कार्यक्रम अघि बढाउन र व्यवसायीहरुको क्ष्ँमता बृद्धि गर्ने खालका कार्यक्रम ल्याउन समेत माग गरेका थिए ।
फार्मेसी नाइट कार्यक्रम सम्पन्न

नेपाल औषधि व्यवसायी संघ, लुम्बिनी अञ्चल शाखाले यहि आश्विन ४ गते फार्मेसी नाइट कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षता, महासचिव सुरज भट्टराइको सञ्चालन र उपाध्यक्ष तथा कार्यक्रम संयोजक शिव ज्ञवालीको स्वागत मन्तब्य रहेको कार्यक्रममा कलाकारहरु बद्री पंगेनी, लक्ष्मण खडका, मन्जु आचार्य, सपना गाहा, सौगात सायर लगायतले आ—आफ्नो सांस्कृतिक प्रस्तुती पस्कदै कार्यक्रममा सहभागीहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्नुभएको थियो ।
ब्यस्तताले भरिएको व्यवसायिक जीवनमा केही रमाइलो र सबैको भेटघाटसंगै एक अर्काबीचको सम्बन्धलाई अझ बढी निकट बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो । संघले यसै वर्ष स्थापना गरेको स्वास्थ्य क्षेत्र पत्रकारिता पुरस्कार उन्नयन कोष बृद्धि गर्ने लक्ष्य अनुरुप कार्यक्रम गरिएको संघका अध्यक्ष सुनिल श्रेष्ठले बताउनु भएको छ । कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, पूर्व अध्यक्ष डा. रोहितराज क्षेत्री, खेमराज पुन, कार्यसमिति, विभिन्न उपसमिति र स्थानीय औषधि व्यवसायी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमबाट रु १,७०,००० भन्दा बढी रकम बचत भएको संघले जनाएको छ ।

वार्षिक कार्ययोजना कार्यशाला गोष्ठी सम्पन्न
नेपाल औषधि व्यवसायी संघ लुम्बिनी अञ्चल शाखाले यहि श्रावण १९ गतेका दिन वार्षिक कार्ययोजना कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि संघले वर्षभरी सञ्चालन गर्ने कार्यक्रमहरुको तय गर्नका लागि कार्यक्रम आयोजना गरेको हो ।
संघ लुम्बिनी अञ्चल शाखाका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षता, संघका केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईको प्रमुख आतिथ्यता, संघ लुम्बिनी शाखाका विशेष सल्लाहकार डा. रोहितराज क्षेत्री, संघ गुल्मी जिल्ला उपशाखाका अध्यक्ष चुडामणी पन्थी, तथा अर्घाखा“ची जिल्ला उपशाखाका उपाध्यक्ष हिरा कुमार श्रेष्ठ, पाल्पा जिल्ला उपशाखाका अध्यक्ष रामलाल श्रेष्ठको विशेष आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन महासचिव सुरज भट्टराईले गर्नुभएको थियो ।
सुरुवातको क्रममा परिचय कार्यक्रमबाट अघि बढेको कार्यक्रमको स्वागत मन्तब्य उपाध्यक्ष शिव ज्ञवालीले राख्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि बाबुराम भट्टराई, विशेष अतिथिहरु रोहितराज क्षेत्री, चुडामणी पन्थी, त्यस्तै अतिथिहरु शिव ज्ञवाली, कृष्ण प्रसाद भट्टराई, रामलाल श्रेष्ठ, प्रेम पछाई लगायतले मन्तब्य राख्नु भएको थियो । मन्तब्यका क्रममा प्रमुख अतिथि बाबुराम भट्टराईले योजना ल्याउन भन्दा कार्यान्वयन गर्न गाह«ो हुने भएकाले महत्वकांक्षी योजना ल्याउन नहुने कुरा व्यक्त गर्दै आगामी दिनमा रिफ्रेसर, बोर्ड एकरुपता जस्ता कार्यक्रमको लागि प्रयत्न गर्ने धारणा व्यक्त गर्नुभएको थियो । त्यस्तै मन्तब्यकै क्रममा विशेष अतिथि डा. रोहितराज क्षेत्रीले संघले संचालन गर्ने कार्यक्रमहरुमा गुणस्तरीयता बृद्धि गर्ने, राम्रो कामलाई पुरस्कृत गर्ने साथै कार्यक्रमको मूल्यांंकन गर्ने परिपाटी सुरु गर्नुपर्ने धारणा राख्नु भएको थियो । कार्यक्रममा मन्तब्य राख्दै अन्य अतिथिहरुले व्यवसायिक हकहितको सुरक्षा, नेतृत्व विकास तालिम, सदस्यता बृद्धि, कर सम्बन्धि कार्यक्रम, शिविर सञ्चालन गर्ने जस्ता कार्यक्रमहरु थप प्रभावकारीताका साथ अगाडी बढाउदै समग्र व्यवसायिक जगतमा औषधि व्यवसायलाई एउटा नमुुना व्यवसायको रुपमा स्थापित गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै संघका अध्यक्ष सुनिल श्रेष्ठले विगतका कार्यक्रमको समिक्षा गर्दै आगामी दिनमा संघ र व्यवसायीहरुको हितमा थप प्रभावकारी कार्यक्रमका साथ अगाडी बढाउन सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
कार्यशालामा संघका पूर्व अध्यक्षद्धय बाबुराम भट्टराई र डा. रोहितराज क्षेत्रीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरिएको थियो । कार्यक्रममा सहजकर्ताको भूमिका निर्वाह गर्नुहुने पूर्व अध्यक्षद्धय बाबुराम भट्टराई र डा. रोहितराज क्षेत्रीलाई शाखाको तर्फबाट शाखा अध्यक्ष सुनिल श्रेष्ठले मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष जवाहारलाल न्यौपानेले गर्नु भएको थियो ।

भैरहवामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल औषधि व्यवसायी संघ लुम्बिनी अञ्चल शाखाले लागू तथा मनोद्दीपक औषधिको दुरुपयोग भइरहेको परिस्थितिमा कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने उद्देश्यका साथ भैरहवा क्षेत्रका औषधि व्यवसायीहरुका लागि भाद्र ३ गते एक द्विवसीय लागू तथा मनोद्दीपक औषधिको दुरुपयोग नियन्त्रण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
संघका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षता, संघका विशेष सल्लाहकार डा. रोहितराज क्षेत्रीको प्रमुख आतिथ्यता जिल्ला प्रहरी प्रमुख विक्रम सिंह थापा तथा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख सागर दाहालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन महासचिव सुरज भट्टराईले गर्नु भएको थियो । कार्यक्रममा संघका उपाध्यक्ष जवाहरलाल न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको थियो ।
भैरहवा क्षेत्रका ६५ जना औषधि व्यवसायी उपस्थित रहेको कार्यक्रममा लागू तथा मनोद्दीपक औषधि भनेको के हो ? यस सम्बन्धि कानूनी व्यवस्था के के रहेका छन् ? भण्डारण कसरी गर्ने ? कुन कुन औषधिहरु यस वर्गमा पर्दछन ? यस्ता औषधिको दुरुपयोग हुन नदिन औषधि व्यवसायीहरुको के भूमिका हुन सक्दछ भन्ने विषयमा संघका पूर्व केन्द्रीय उप महासचिव डा. रोहितराज क्षेत्रीले आफ्नो विषयगत पत्र पेश गर्नु भएको थियो । उहा“ले यस्तो समस्या समाधानका लागि औषधि व्यवसायी र संघको सामाजिक दायित्व भएको हु“दा यस्ता खालका कार्यक्रमहरुलाई अझै संघन बनाउनु पर्ने बताउदै आपसी समन्वय, सहकार्य र एकताबाट मात्र समस्याको न्यूनीकरण गर्न सकिने बताउनु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख विक्रम सिंह थापाले प्रहरी प्रशासनबाट लागू औषधि नियन्त्रणका लागि दस्ता गठन गरी परिचालन गरिएको जानकारी दिदै यसको नियन्त्रणका लागि नेपाल औषधि व्यवसायी संघसंग हातेमालो गरी अगाडी बढ्ने बताउनु भयो ।
यसैगरी जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख सागर दाहालले संघले अगाडी सारेको कार्यक्रमको सरह्रना गर्दै जनस्वास्थ्य कार्यालयबाट हुन सक्ने सहयोग र सहकार्य गर्न आफु तयार रहेको बताउ“दै औषधि व्यवसायीहरुले आफ्नो सामाजिक दायित्व भुल्न नहुने बताउनु भएको थियो ।
संघका अध्यक्ष सुनिल श्रेष्ठले संघले व्यवसायिक हित र सामाजिक दायित्वलाई समेत ध्यान दिई वार्षिक योजना निर्माण गरि कार्यक्रम अगाडी बढाएको बताउ“दै सम्पूर्ण व्यवसायीहरुको साथ सहयोग र एकताबाट मात्रै सुदृढ संघ र सम्मानित व्यवसायी हुनसक्ने धारणा राख्नु भएको थियो ।
कार्यक्रममा संघका सल्लाहकार डा. क्रृषिराम शर्मा, कार्यसमिति सदस्य कृष्ण प्र. भट्टराई, निवर्तमान का.स.स. अर्जुन पौडेल, व्यवसायीहरु राम प्र. घिमिरे, भुपेन्द्र के.सी. लगायतले बोल्नु भएको थियो ।

भेटघाट तथा स्वागत कार्यक्रम सम्पन्न

नेपाल औषधि व्यवसायी संघ, लुम्बिनी अञ्चल शाखाले इलाका प्रहरी कार्यालय रुपन्देहीका प्रमुख नायब उपरीक्षक राज कुमार बैदावार लगायतसंग भेटघाट तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम संघका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षता, प्रहरी नायब उपरीक्षक राजकुमार बैदावारको प्रमुख आतिथ्यता, संघका उपाध्यक्ष शिव ज्ञवालीको स्वागत र महासचिव सुरज भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो । आपसी सहकार्य, सामाजिक उत्तरदायित्व, संघका क्रियाकलापको जानकारी र लागू तथा मनोद्दीपक औषधिको बारेमा भनाईहरु राख्दै कार्यक्रमको शुभारम्भ भएको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि राजकुमार बैदावारले औषधि व्यवसायीहरुले सामाजिक दायित्वलाई ध्यान दिएर कार्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । लागू तथा मनोद्दीपक औषधिको दुरुपयोग ठुलो समस्या रहेको भन्दै यसलाई न्यूनीकरण गर्न औषधि व्यवसायी संघको भूमिका महत्वपूर्ण रहेको भन्दै औषधि व्यवसायीहरुलाई पनि सचेत गराउनु पर्ने आवश्यकता रहेको धारणा व्यक्त गर्नुभएको थियो । मन्तब्य राख्ने क्रममा सहभागीहरुले औषधि व्यवसायमा दर्ता नभएका र झोले व्यापारीबाट वास्तविक औषधि व्यवसायलाई बदनाम गर्ने कार्य भइरहेको, अभिलेख राखेर औषधि बेच्दा पनि व्यवसायीहरु समस्यामा परेको, खुल्ला बोडर, दर्ता नभएका र योग्यता नभएका व्यक्तिहरुले औषधि व्यवसाय गरिरहेको लगायत विविध समस्या रहेका र यि यस्ता कारणहरुले औषधि व्यवसायको मर्यादा र शुद्धतालाई धमिल्याउने काम गरिरहेका कारण प्रहरी निकाय र औषधि व्यवसायी संघको सहकार्यमा समस्यालाई निराकरण गर्नुपर्ने भनाइहरु व्यक्त गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष सुनिल श्रेष्ठले इलाका प्रहरी कार्यालय बुटवलबाट प्राप्त सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै संघले विगत देखि नै सामाजिक दायित्व अन्तरगत विभिन्न कार्यक्रम गर्ने गरेको र आगामी दिनमा यसको दायरालाई अझ विस्तार गर्दै अगाडी बढ्ने धारणा राख्नु भएको थियो ।

बुटवलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल औषधि व्यवसायी संघ लुम्बिनी अञ्चल शाखाले लागू तथा मनोद्दीपक औषधिको दुरुपयोग भइरहेको परिस्थितिमा कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने उद्देश्यका साथ बुटवल क्षेत्रका औषधि व्यवसायीहरुका लागि एक द्विवसीय लागू तथा मनोद्दीपक औषधिको दुरुपयोग नियन्त्रण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
संघका अध्यक्ष श्री सुनिल श्रेष्ठको अध्यक्षता, केन्द्रीय अध्यक्ष श्री बाबुराम भट्टराईको प्रमुख आतिथ्यता, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख नायब उपरीक्षक श्री राज कुमार बैदवार र इलाका प्रशासन कार्यालय बुटवलका शाखा अधिकृत तोयनारायण अर्यालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
बुटवल क्षेत्रका करीब ८० जना औषधि व्यवसायीहरुको सहभागिता रहेको कार्यक्रममा लागू तथा मनोद्दीपक औषधि भनेको के हो ? यस सम्बन्धि कानूनी व्यवस्था के के रहेका छन् ? भण्डारण कसरी गर्ने ? कुन कुन औषधिहरु यस वर्गमा पर्दछन ? यस्ता औषधिको दुरुपयोग हुन नदिन औषधि व्यवसायीहरुको के भूमिका हुन सक्दछ भन्ने विषयमा व्यापक छलफल गरिएको थियो । कार्यक्रममा उठेका विभिन्न विषय उपर प्रमुख अतिथि बाबुराम भट्टराई, नायब प्रहरी उपरिक्षक राजकुमार बैदवार र शाखा अध्यक्षले आ—आफ्ना धारणा राख्दै लागू तथा मनोद्दिपक औषधिको दुरुपयोग रोकि सभ्य समाज निर्माणका लागि सबैले आ—आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने बताउनु भएको थियो । कार्यक्रम अन्तरक्रियात्मक रुपमा सम्पन्न भएको थियो ।
जनस्वास्थ्य कार्यालय प्रमुखलाई संघमा स्वागत

नेपाल औषधि व्यवसायी संघ, लुम्बिनी अञ्चल शाखाले भर्खरमात्र रुपन्देहीमा सरुवा भई आउनु भएका जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख सागर दाहाललाई एक कार्यक्रमका बीच भाद्र ४ गते संघ सचिवालयमा स्वागत गरेको छ ।
संघका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षता र महासचिव सुरज भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सागर दाहाल प्रमुख अतिथि, पूर्व अध्यक्ष डा. रोहितराज क्षेत्री विशिष्ट अतिथि, सल्लाहकार लोकहरी श्रेष्ठ, बैकुण्ठ कोइराला र अमृत सुवेदी अतिथिको रुपमा उपस्थित रहनु भएको कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरु उपस्थित हुनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सागर दाहालले आफुलाई औषधि व्यवसायीहरुसंग परिचित हुने तथा सहकार्यका लागि वातावरण तैयार गर्ने अवसर दिएकोमा संघप्रति हार्दिक आभार व्यक्त गर्दै जिल्ला जनस्वास्थ्य कार्यालयबाट राज्यको कानून बमोजिम गर्न सकिने सवै कार्य गरी औषधि व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउने कार्यमा आफुले सक्दो सहयोग गर्ने बचन बद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथि डा. रोहितराज क्षेत्रीले औषधि व्यवस्था विभागको गठन हुनुपूर्व संघको स्थापना भएको स्मरण गर्दै अहिले व्यवसायिक हित र सुरक्षा चुनौतीको रुपमा अगाडि आएकाले सरकारी र नीजि क्षेत्र दुवै मिलेर खराबीलाई निस्तेज पार्दै सकारात्मक पक्षहरुको जगेर्ना र श्रृजना गर्नुपर्ने बताउनु भएको थियो । कार्यक्रम धन्यवाद ज्ञापन उपाध्यक्ष शिव ज्ञवाली र संघको तर्फबाट प्रमुख अतिथिलाई मायाको चिनो शाखा अध्यक्ष सुनिल श्रेष्ठले प्रदान गर्नुभएको थियो ।

सोधभर्ना तथा क्षतिपूर्ति नियमावली संघद्वारा लागू

नेपाल औषधि व्यवसायी संघ केन्द्रीय कार्यालयले परिमार्जन सहितको सोधभर्ना तथा क्षतिपूर्ति नियमावली २०६५ लाई देशभर लागू गरेको जनाएको छ । औषधि मानव जीवनसंग सम्बन्धित अत्यन्त महत्वपूर्ण संवेदनशिल पक्ष भएकाले यसका सम्पूर्ण पक्ष उत्पादक, वितरक तथा उपभोक्ताहरुले आ—आफ्ना जिम्मेबारी र दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्दा मात्रै स्वस्थ समाज निर्माण र औषधि व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन सकिने भएको हु“दा औषधिको बजारमा देखिने समस्याको नियमत समाधानका लागि यो नियमावली लागू भएको जनाइएको छ । नियमावलीमा भएको मुख्य व्यवस्था निम्न बमोजिम रहेको छ ।
उद्देश्यः—

क) म्याद नाघेको, टुटफूट, चुहावट र दागी आदि भई व्यवसायमा पर्ने नोक्सानी न्यूनीकरण गर्ने ।
ख) लामो समयसम्म क्षतिपूर्ति प्राप्त नभई सदस्यहरुले व्यहोर्नु पर्ने नोक्सानीलाई न्यूनीकरण गर्ने ।
ग) व्यवसायिक सचेतता अभिवृद्धि गरी सर्वपक्षीय दायित्व बोध गराउने ।
घ) माग र आपूर्तिमा तालमेल मिलाई न्यूनतम लगानीमा सर्वसुलभ उपलब्धतालाई मध्यनजर राखि मौज्दात व्यवस्थापन गर्न उत्प्रेरित गर्ने ।
ङ) नोक्सानीमा सुधार गरी उत्पादन मूल्यमा कमी ल्याउने ।
व्यवसायिक अवस्थाः—
क) व्यवसाय व्यवस्थित रुपमा संचालन गर्न औषधिको माग पत्र बिना औषधि आपूर्ति गर्न पाईने छैन ।
ख) औषधि आपूर्ति गर्दा खरीद कर्ताको आधिकारीक भरपाई हुनु पर्नेछ ।
ग) औषधि खरीद बिक्री गर्न संघमा दर्ता भएको हुनु पर्नेछ ।
घ) आधिकारीक बिलबाट मात्र बिक्री वितरण हुनु पर्नेछ ।
ङ) व्यवसायिकक ारोवारमा त्म्क् कट्टा गर्नुपर्ने भएमा कट्टा गरेको प्रमाण माग गरेमा सम्बन्धित पक्षलाई दिनु पर्नेछ तथा उक्त रकम सोही आर्थिक वर्षमा सम्बन्धित ठाउ“मा दाखिला गरेको हुनु पर्नेछ ।

खुद्रा औषधि व्यवसायीले क्ष्ँतिपूर्ति दावी गर्ने सम्बन्धमाः—
क) खुद्रा व्यवसायीहरुबाट बिक्री योग्य औषधि भ्हउष्चथ हुनु भन्दा ४ महिना अगावै सम्बन्धित डिष्ट्रिब्यूटर्स÷स्टकिष्टलाई बुझाएमा बिल बमोजिम तुरुन्त ऋचभमष्त ल्यतभ दिनु पर्नेछ ।
ख) कुनै पनि खुद्रा व्यवसायीबाट भ्हउष्चथ भएको औषधिहरु थोक बिक्रेतालाई फिर्ता गर्नुपर्नेछ । यसरी प्राप्त भएमा औषधि प्राप्त भएको मितिले १२० दिन भित्र बिल बमोजिम ऋचभमष्त ल्यतभ दिनु पर्नेछ ।
ग) सिल तोडिएको औषधिको सोधभर्ना दिन बाध्य हुने छैन ।
घ) भुक्तानी दिनु पर्ने रकममा ऋचभमष्त ल्यतभ बिना रकम कट्टा गर्न पाइने छैन, तर तोकिएको समयमा ऋचभमष्त ल्यतभ प्राप्त नभएमा सम्बन्धित ठाउ“मा सूचना दिई कट्टा गर्न सकिनेछ ।
ङ) ीष्पबनभ, द्यचभबपबनभ, मबmबनभ को तथा बिक्री वितरण गर्न अयोग्य भएको हकमा सम्बन्धित ठाउ“मा तुरुन्त खबर गरी सोधभर्ना दिनु लिनु पर्नेछ वा ऋचभमष्त ल्यतभ बनाउनु पर्नेछ ।
च) नगदमा औषधि खरीद बिक्री भएको अवस्थामा नगद नै फिर्ता दिनु पर्दछ ।
छ) टुक्रा काटिएको औषधिहरुको हकमा द्यबतअज ल्गmदभच, भ्हउष्चथ म्बतभ, औषधिको नाम आदि बुझ्न सकिने अवस्थामा रहेको औषधिहरुलाई सम्बन्धित कम्पनीको आधिकारीक व्यक्तिबाट प्रमाणित गराई क्षतिपूर्तिका लागि दाबी गर्नु पर्नेछ ।
थोक औषधि व्यवसायीले क्षतिपूर्ति दावी गर्ने व्यवस्थाः—
क) भ्हउष्चथ नभएको औषधि तथा ीष्पबनभरद्यचभबपबनभरम्बmबनभ अबिष्m को तुरुन्त ऋचभमष्त ल्यतभ जारी गर्नु पर्दछ ।
ख) थोक औषधि व्यवसायीहरुले आफ्नो तथा खुद्रा औषधि व्यवसायीबाट प्राप्त भ्हउष्चथरीष्पबनभरद्यचभबपबनभरम्बmबनभ औषधिहरु सम्बन्धित आयातकर्तालाई वा उत्पादकलाई सोधभर्नाको लागि पठाउनु पर्नेछ । यसरी प्राप्त भएको ६० दिनभित्र सम्बन्धित आयातकर्ता वा उत्पादकले ऋचभमष्त ल्यतभ दिनु पर्नेछ ।
ग)भूक्तानी दिनु पर्ने रकममा ऋचभमष्त ल्यतभ बिना रकम कट्टा गर्न पाइने छैन, तर तोकिएको समयमा ऋचभमष्त ल्यतभ प्राप्त नभएमा सम्बन्धित ठाउ“मा सूचना दिई कट्टा गर्न सकिनेछ ।
घ) भ्हउष्चथरीष्पबनभरद्यचभबपबनभरम्बmबनभ औषधिहरुको ऋचभमष्त ल्यतभ बनाउ“दा औषधिको आयातकर्ता वा कम्पनीहरुले अनिवार्य रुपमा सो बरावरको ऋचभमष्त ल्यतभ नै दिनु पर्ने न्ययमक च्भउबिअभ गर्न पाइने छैन ।
ङ) आयातकर्ताले ऋचभमष्त ल्यतभ बनाउ“दा ऋगकतयm ऋभिबचबलअभ लगायतका ऋजबचनभ हर कट्टा गर्न पाइने छैन ।
आयातकर्ताले क्षतिपूर्ति दावी गर्ने सम्बन्धमाः—
क) आयातकर्ताले आफ्नो तथा आफुकहा“ संकलन भएको भ्हउष्चथरीष्पबनभरद्यचभबपबनभरम्बmबनभ औषधिको विवरण सम्बन्धित कम्पनीमा सोधभर्नाको लागि पठाउनु पर्नेछ । यसरी दावी गरेको ४५ दिन भित्रमा उत्पादक कम्पनीहरुले सोधभर्ना दिदा“ कष्टम क्लिलियरेन्स्(ऋगकतयm ऋभिबचबलअभ) लगायतका चार्जहरु जोडि फिर्ता दिनु पर्दछ ।
ख) भूक्तानी दिनु पर्ने रकममा ऋचभमष्त ल्यतभ बिना रकम कट्टा गर्न पाइने छैन, तर ताकिएको समयमा ऋचभमष्त ल्यतभ प्राप्त नभएमा सम्बन्धित ठाउ“मा सूचना दिई कट्टा गर्न सकिनेछ ।
औषधिको क्षतिपूर्तिका लागि दावी गर्ने सम्बन्धमाः—
कुनै पनि औषधिको प्रयोग मिति समाप्त भएको २ वर्ष पश्चात सोधभर्नाका लागि प्राप्त हुन आएको औषधिको क्षतिपूर्ति दिनु पर्ने बाध्यता रहने छैन ।
इमि भ्हउष्चथ ऋभिल गर्ने सम्बन्धमाः—
“सोधभर्ना तथा क्षतिपूर्ति नियमावली २०६५” मा जेसुकै लेखिएको भएता पनि एक पटक नेपाल भित्रका आयात, थोक तथा खुद्रा व्यवसायीहरुसंग रहेका भ्हउष्चथ औषधिको हकमा इमि भ्हउष्चथ ऋभिबल गर्नका ागि सम्बन्धित सम्पूर्ण पक्षहरुलाई ऋष्चअगबिच गरेको ६ महिना भित्र त्यस्ता औषधिहरु सोधभर्नाका लागि सम्बन्धित ठाउ“मा फिर्ता गरी सक्नु पर्नेछ । त्यस पछिको अवस्थामा “सोधभर्ना तथा क्षतिपूर्ति नियमावली २०६५” अनुसार हुनेछ ।
उजूरी गर्ने व्यवस्थाः—
क) ऋचभमष्त ल्यतभ प्राप्त नभएमा सम्बन्धित कागजात सहित नेपाल औषधि व्यवसायी संघको सम्बन्धित अंचल शाखा तथा उपशाखामा निवेदन दिनु पर्नेछ ।
उजूरी माथि छानबिन र निर्णयः—
क) लिखित निवेदन परेको ३० दिन भित्र सम्बन्धित पक्षहरुसंग जानकारी माग गर्ने र दुवै पक्षले पेश गरेको प्रमाणको आधारमा उपयुक्त निर्णय दिनु पर्नेछ ।
ख) संघले आवश्यक ठानेमा सम्बन्धित पक्षहरुसंग दावी रकमको ५ प्रतिशतमा नबढाई सेवा शुल्क लिन सकिनेछ ।
निर्णय कार्यान्वयन गर्ने अधिकारः—
क) दुवै पक्ष आफ्नै उपशाखाको सदस्य भएमा उपशाखाले नै टुंगो लगाउनु पर्नेछ ।
ख) दुवै पक्ष आफ्नै शाखाको सदस्य भएमा अंचल शाखाले नै टुंगो लगाउनु पर्नेछ ।
ग) एक पक्ष एउटा अंचल शाखाको सदस्य अर्को पक्ष अन्य अञ्चल शाखाको सदस्य भएमा केन्द्रीय कार्यसमिति मार्फत कार्यान्वयन गराउनु पर्नेछ ।

  • कर्णाली अञ्चल शाखा
  • महाकाली अञ्चल शाखा
  • सेती अञ्चल शाखा
  • राप्ती अञ्चल शाखा
  • भेरी अञ्चल शाखा
  • लुम्बिनी अञ्चल शाखा
  • धौलागिरी अञ्चल शाखा
  • गण्डकी अञ्चल शाखा
  • बागमती अञ्चल शाखा
  • नारायणी अञ्चल शाखा
  • जनकपुर अञ्चल शाखा
  • सगरमाथा अञ्चल शाखा
  • कोशी अञ्चल शाखा
  • मेची अञ्चल शाखा