NCDA News
  • Website Under Construction

कोशी अञ्चल शाखाद्वारा रक्तदान

मोरङ– नेपाल औषधि व्यवसायी संघको ४४ औ स्थापना दिवसको अवसर पारेर कोशी अञ्चल शाखाले रक्तदानको कार्यक्रम सम्पन्न गरेको छ ।

असार १० गते शनिबार बिहानै देखि सुरु भएको रक्तदान कार्यक्रमा ४६ जना दाताले रगत दिएको कार्यक्रमका संयोजक श्री धनराज काफ्लेले जानकारी दिनुभयो । रक्तदान गर्नेको नामावलीलाई सुरक्षित राखेर आवश्यक परेको खण्डमा रगत उपलब्ध गराएर सहयोग पुर्‍याउने संस्थाले बताएको छ ।

विराटनगरको हस्पिटलचौकमा रहेको गोल्डेन हस्पिटलको भुइँतल्लामा बिहान ८.३० बाट सुरु भएको उक्त रक्तदान कार्यक्रममा स्थानीय यूवा, व्यापारी, समाजका प्रतिष्ठित व्यक्ति लगायत सर्वसाधारणले रगत दान गरेका थिए ।

संघले आयोजना गरेको सो कार्यक्रममा अपेक्षाकृत रगत संकलन भएको संयोजक काफ्लेले बताउनुभयो । आगामी दिनमा पनि यस प्रकारको कामलाई निरन्तरता दिने उहाँको भनाइ छ ।

  • कर्णाली अञ्चल शाखा
  • महाकाली अञ्चल शाखा
  • सेती अञ्चल शाखा
  • राप्ती अञ्चल शाखा
  • भेरी अञ्चल शाखा
  • लुम्बिनी अञ्चल शाखा
  • धौलागिरी अञ्चल शाखा
  • गण्डकी अञ्चल शाखा
  • बागमती अञ्चल शाखा
  • नारायणी अञ्चल शाखा
  • जनकपुर अञ्चल शाखा
  • सगरमाथा अञ्चल शाखा
  • कोशी अञ्चल शाखा
  • मेची अञ्चल शाखा