NCDA News
  • Website Under Construction

जीवनसँग जोडिएको विषयमा ख्यालठट्टा नगर : औषधि व्यवसायी संघ (कान्तिपुर )

नेपाल औषधि व्यवसायी संघले औषधि ढुवानीको ट्रकमा आगजनी र एम्बुलेन्समा तोडफोड गरिएकामा भर्त्सना गरेको छ । संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले विज्ञप्ति जारी गर्दै मानव जीवनसँग जोडिएको औषधि आपूर्तिमा ख्यालठट्टा नगर्न पनि अपिल गरेका छन् ।

विज्ञप्तिमा आपूर्तिका क्रममा सुरक्षा व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइएको छ । ‘विषम अवस्थामा आन्दोलनरत समूहले औषधि ढुवानी सहज बनाउने घोषणाको यस संघले स्वागत गरेको १२ घण्टा बित्न नपाउँदै वीरगन्ज र विराटनगरमा भएको घटनाले दु:खी तुल्याएको छ,’ विज्ञप्तिमा छ ।

सय दिनदेखि तराई–मधेसमा जारी आन्दोलन र दुई महिनादेखिको नाकाबन्दीले राजधानीलगायत देशभर अत्यावश्यक र जीवनरक्षक औषधि अभाव देखिएको विज्ञप्तिमा उल्लेख छ । ‘इन्धन अभाव र ज्यान जोखिममा राखेर पनि औषधिजस्तो मानव जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक र संवेदनशील वस्तुको आपूर्ति गराइरहेका छौं,’ श्रेष्ठको विज्ञप्तिमा छ ।

http://kantipur.ekantipur.com/news/2015-11-20/20151120205134.html

  • कर्णाली अञ्चल शाखा
  • महाकाली अञ्चल शाखा
  • सेती अञ्चल शाखा
  • राप्ती अञ्चल शाखा
  • भेरी अञ्चल शाखा
  • लुम्बिनी अञ्चल शाखा
  • धौलागिरी अञ्चल शाखा
  • गण्डकी अञ्चल शाखा
  • बागमती अञ्चल शाखा
  • नारायणी अञ्चल शाखा
  • जनकपुर अञ्चल शाखा
  • सगरमाथा अञ्चल शाखा
  • कोशी अञ्चल शाखा
  • मेची अञ्चल शाखा