NCDA News
  • Website Under Construction

नवनियुक्त स्वास्थ्य मन्त्रीलाई औषधि व्यवसायी संघको बधाई

काठमाडौं– नवनियुक्त स्वास्थ्य मन्त्री श्री गगनकुमार थापालाई नेपाल औषधि व्यवसायी संघले बधाई ज्ञापन गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष श्री मृगेन्द्रमेहर श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले स्वास्थ्यमन्त्री थापालाई बधाई तथा शुभकामना दिएको हो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले औषधि व्यवसायका विविध समस्या जानकारी गराउनुभयो ।

स्वास्थ्यमन्त्री थापाले आफू औषधि व्यवसायीका मागप्रति गम्भीर रहेको बताउँदै आपसी समझदारीबाट सबै समस्या हल गर्ने पक्षमा रहेको उल्लेख गर्नुभयो ।

प्रतिनिधिमण्डलमा अध्यक्ष श्रेष्ठसहित महासचिव श्री हरिप्रसाद बिडारी, उपकोषाध्यक्ष श्री राजेशकुमार प्रधान र केन्द्रीय सदस्य श्री रामेश्वर श्रेष्ठको सहभागिता थियो ।

  • कर्णाली अञ्चल शाखा
  • महाकाली अञ्चल शाखा
  • सेती अञ्चल शाखा
  • राप्ती अञ्चल शाखा
  • भेरी अञ्चल शाखा
  • लुम्बिनी अञ्चल शाखा
  • धौलागिरी अञ्चल शाखा
  • गण्डकी अञ्चल शाखा
  • बागमती अञ्चल शाखा
  • नारायणी अञ्चल शाखा
  • जनकपुर अञ्चल शाखा
  • सगरमाथा अञ्चल शाखा
  • कोशी अञ्चल शाखा
  • मेची अञ्चल शाखा