NCDA News
  • Website Under Construction

नेतृत्व विकास तथा सचिवालय व्यवस्थापन तालिम सफलतापूर्वक सम्पन्न

२२ जेठ, २०७३
बुटवल– नेपाल औषधि व्यवसायी संघ, केन्द्रीय कार्यालयको आयोजनामा दुई दिने नेतृत्व विकास तथा सचिवालय व्यवस्थापन तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।

गौतम बुद्धको जन्मस्थल, शान्तिभूमि तथा पर्यटकीय नगरीको होटल बुद्धमाया गार्डेन, लुम्बिनीमा मिति २०७३ साल जेठ २१ र २२ गते शुक्रबार र शनिबार सम्पन्न तालिम कार्यक्रममा संघका सम्पूर्ण अञ्चल शाखा कार्यसमितिका शाखा अध्यक्ष, महासचिव र कोषाध्यक्षलाई उक्त तालिम प्रदान गरिएको थियो ।

तालिम सुरु हुनुपूर्व सञ्चालित औपचारिक कार्यक्रम संघका केन्द्रीय अध्यक्ष श्री मृगेन्द्रमेहर श्रेष्ठले पानसमा दीप प्रज्जलन गरी कार्यक्रमको सभापतित्व गर्नुभएको थियो भने कार्यक्रमको सुरुमा उपस्थित सबैले राष्ट्रिय गीत गाएका थिए । कार्यक्रममा केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु तथा केन्द्रीय सल्लाहकारहरुको समेत उपस्थिति रहेको थियो ।

केन्द्रीय सचिव तथा नेतृत्व विकास तथा सचिवालय व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन उप–समितिले तालिम सम्बन्धी सम्पूर्ण व्यवस्था गरिएको थियो भने उप–समितिका संयोजक तथा केन्द्रीय सचिव श्री सुनिल श्रेष्ठले उपस्थित सम्पूर्ण महानुभावहरुलाई हार्दिक स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रममा स्वागत गर्नु भएको थियो भने अञ्चल शाखाको तर्फबाट लुम्बिनी अञ्चल शाखाका अध्यक्ष श्री शिव ज्ञवालीले तालिमको बारेमा आफ्नो धारणा राख्नु भएको थियो ।

केन्द्रीय महासचिव श्री हरिप्रसाद विडारीले सञ्चालन गर्नु भएको कार्यक्रममा केन्द्रीय कार्यसमिति सदस्य तथा उप–समितिका सदस्य श्री रामेश्वर श्रेष्ठले प्रमुख तालिम प्रशिक्षक र अन्य प्रशिक्षकहरुको परिचयात्मकता सहित तालिमको अपरिहार्यताको बारेमा आफ्नो धारण राख्नु भएको थियो ।

कार्यक्रममा निवर्तमान केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, उपाध्यक्ष (थोक) लोकहरि श्रेष्ठ तथा उपाध्यक्ष (खुद्रा) रामप्रसाद खरेलले पनि तालिमका विविध पक्षबारे धारणा राख्नुभएको थियो ।

आर.बी.एस.कन्सल्टेन्ट प्रा.लि.का अध्यक्ष श्री राजेन्द्रबहादुर श्रेष्ठ, प्रमुख प्रशिक्षक र अन्य प्रशिक्षकहरु श्री राजेन्द्र लम्साल, प्रध्यापक, क्षितिज ईन्टरनेशन कलेज, बुटवल र श्री प्रमोद पन्थी, सी.ए. ले तालिम प्रदान गरिएको उक्त तालिम कार्यक्रममा कसरी नेतृत्व विकास गर्दै संघलाई सबल र सक्षम संस्थाको रुपमा अगाडी लैजाने, संस्थामा रहेका नेतृत्व वर्ग अध्यक्ष, महासचिव र कोषाध्यक्षले आफ्नो जिम्मेवारी, काम, कर्तव्य र अधिकारलाई कसरी लिने लगायत सचिवालय व्यवस्थापन कसरी गर्ने, व्यवस्थापनमा आइपरेका कठिनाईहरुलाई कसरी व्यवस्थापन गर्दै जाने सम्बन्धी विस्तृत रुपमा तालिम प्रदान गरिएको थियो भने सी.ए. प्रशिक्षक श्री प्रमोद पन्थीले संस्थामा आर्थिक पारदर्शीताका लागि कसरी रेकर्डहरु राख्ने लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो ।

तालिम संयोजक श्री सुनिल श्रेष्ठले तालिम सम्पन्न पश्चात तालिम कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्ण कार्यसमिति, उप–समितिका सदस्यहरु, आर्थिक सहयोग गर्ने सहयोगी दाताहरु, प्रशिक्षकहरु, पत्रकारहरु लगायत होटल व्यवस्थापनमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई हार्दिक आभार सहित धन्यवाद ज्ञापन गरिएको थियो ।

तालिमको अन्त्यमा अञ्चल शाखाहरुको तर्फबाट गण्डकी अञ्चल शाखाका अध्यक्ष श्री यमनाथ पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रम समापनको अन्त्यमा केन्द्रीय अध्यक्ष श्री मृगेन्द्रमेहर श्रेष्ठले तालिमको अपरिहार्यताबारे प्रष्ट पार्दै संघले गर्दै आएको गतिविधिहरु माथि प्रकाश पार्दै आगामी कार्य योजनाहरु प्रस्तुत गर्नु भएको थियो थियो ।

अन्त्यमा प्रमुख प्रशिक्षक, अन्य प्रशिक्षकद्वय र स्थानीय पत्रकारलाई केन्द्रीय अध्यक्षले मायाको चिनो प्रदान गरिएको थियो भने तालिममा उपस्थित सम्पूर्ण शाखा अध्यक्ष, महासचिव र कोषाध्यक्षलाई प्रमाण–पत्र वितरण गरी दुई दिने कार्यक्रम सम्पन्न भएको छ ।

Butwal_NCDA1 Butwal_NCDA2 Butwal_NCDA3

?

?

?

?

?

?

?

?

?

?

  • कर्णाली अञ्चल शाखा
  • महाकाली अञ्चल शाखा
  • सेती अञ्चल शाखा
  • राप्ती अञ्चल शाखा
  • भेरी अञ्चल शाखा
  • लुम्बिनी अञ्चल शाखा
  • धौलागिरी अञ्चल शाखा
  • गण्डकी अञ्चल शाखा
  • बागमती अञ्चल शाखा
  • नारायणी अञ्चल शाखा
  • जनकपुर अञ्चल शाखा
  • सगरमाथा अञ्चल शाखा
  • कोशी अञ्चल शाखा
  • मेची अञ्चल शाखा