NCDA News
  • Website Under Construction

नेपाल औषधि व्यवसायी संघको केन्द्रीय वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं– नेपाल औषधि व्यवसायी संघको केन्द्रीय वार्षिक साधारणसभा २०७३ साल मंसिर ४ गते काठमाडौंमा सम्पन्न भएको छ ।

सुन्धारास्थित आर्मी अफिसर्स क्लवमा भएको साधारणसभाको माननीय उपप्रधान एवं गृहमन्त्री श्री विमलेन्द्र निधिले उदघाटन गर्नुभयो ।

साधारणसभामा औषधि व्यवस्था विभागका महानिर्देशक श्री नारायणप्रसाद ढकाल, फार्मेसी काउन्सिलका अध्यक्ष बाबुराम हुमागाईं, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, औषधि उत्पादक संघका वरिष्ठ उपाध्यक्ष श्री दीपक दाहाल, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, नेपाल चेम्बर्स अफ कमर्सका उपाध्यक्ष लोकमान्य गोल्छालगायतले शुभकामना मन्तव्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मानीय उपप्रधान एवं गृहमन्त्री निधिले औषधि व्यवसायलाई मर्यादित बनाउन व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले व्यवसायभित्रका नकारात्मक पक्षलाई स्वयं व्यवसायीले निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।

निधिले सरकार हदैसम्म व्यवसायीमैत्री बन्ने उल्लेख गर्नुभयो । ‘सरकार व्यवसायीका समस्या सुन्न तयार छ,’ उहाँले भन्नुभयो, ‘तपाईंहरु पनि आफ्ना सदस्यहरुलाई अनुशासनमा राख्नुहोस् ।’

गृहमन्त्री निधिले औषधि ऐन– २०३५ सहित धेरै कानुहरु संशोधनको चरणमा रहेकाले सुझाव दिएर सहयोग गर्न अपिल गर्नुभयो । लागू औषध बिक्री गर्नेभन्दा सेवन गर्नेमात्रै कानुनी दायरामा आएको तथ्यांक प्रस्तुत गर्दै निधिले नीतिगत सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक श्री नारायणप्रसाद ढकालले सरकारले नेपाल औषधि लिमिटेडलाई पुन: सञ्चालनको तयारी गरेको बताउनुभयो । ‘औषधि लिमिटेड कसैको प्रतिस्पर्धामा आउने होइन,’ उहाँले भन्नुभयो, ‘सरकारको प्रयासलाई व्यवसायीले साथ दिनुपर्छ ।’

कार्यक्रमको सभापतित्व ग्रहण गर्दै नेपाल औषधि व्यवसायी संघका अध्यक्ष श्री मृगेन्द्रमेहर श्रेष्ठले स्वास्थ्यमा ग्रामीण जनताको पहुँच पुर्‍याउने सरकारी नीतिलाई सहयोग गर्ने बताउनुभयो । उहाँले औषधि व्यवसायभित्रका विविध पक्षबारे आफ्नो धारणा राख्नुभएको थियो ।

कान्तिपुरकर्मी अतुल मिश्र सम्मानित
कार्यक्रममा कान्तिपुर दैनिकका प्रमुख संवाददाता अतुल मिश्रलाई सम्मान गरिएको छ ।

भूकम्प र नाकाबन्दीका बेला सञ्चारमाध्यममार्फत स्वास्थ्य तथा स्वास्थ्यसँग सम्बन्धि समस्यालाई उजागर गरेको भन्दै मिश्रलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि उपप्रधान एवं गृहमन्त्री श्री विमलेन्द्र निधिले दोसल्ला ओढाएर सम्मान गर्नुभयो । संघले ताम्रपत्र र नगद १० हजार रुपैयाँसहित मिश्रलाई सम्मान गरेको हो ।

dsc01280 dsc01295 dsc01300 dsc01301 dsc01304 dsc01308 dsc01312 dsc01313 dsc01316 dsc01320 dsc01327 dsc01332 dsc01352 dsc01369 dsc01372 dsc01376 dsc01384 dsc01386 dsc01394 dsc01397 dsc01403 dsc01419 dsc01423 dsc01430 dsc01480 dsc01496 dsc01497

  • कर्णाली अञ्चल शाखा
  • महाकाली अञ्चल शाखा
  • सेती अञ्चल शाखा
  • राप्ती अञ्चल शाखा
  • भेरी अञ्चल शाखा
  • लुम्बिनी अञ्चल शाखा
  • धौलागिरी अञ्चल शाखा
  • गण्डकी अञ्चल शाखा
  • बागमती अञ्चल शाखा
  • नारायणी अञ्चल शाखा
  • जनकपुर अञ्चल शाखा
  • सगरमाथा अञ्चल शाखा
  • कोशी अञ्चल शाखा
  • मेची अञ्चल शाखा