NCDA News
  • Website Under Construction

नेपाल औषधि व्यवसायी संघ गण्डकी शाखाको खुल्ला रक्तदान पोखरामा सम्पन्न

पोखरा– नेपाल औषधि व्यवसायी संघ गण्डकी शाखाले असार १० गते खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

प्रमुख अतिथि एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति श्री डा. बुद्धिबहादुर थापाले कार्यक्रमको उदघाटन गर्नुभएको थियो । संस्थाले ४४ औं वार्षिकोत्सवको अवसरमा खुला रक्तदान कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा ३४ युनिट रगत संकलन भएको संघका महासचिव श्री कृष्ण पाण्डेले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि डा. थापाले शाखाले खुद्रा व्यवसायीका लागि तयार पारेको मनोद्वीपक औषधिको रेकर्ड पुस्तिका विमोचन गर्नुभयो । उक्त पुस्तिका खुद्रा व्यवसायीलाई उपलब्ध गराइने अञ्चल अध्यक्ष श्री रामबहादुर केसीले जानकारी दिनुभयो ।

कार्यक्रम सञ्चालन महासचिव श्री कृष्ण पाण्डेले गर्नुभएको थियो ।

  • कर्णाली अञ्चल शाखा
  • महाकाली अञ्चल शाखा
  • सेती अञ्चल शाखा
  • राप्ती अञ्चल शाखा
  • भेरी अञ्चल शाखा
  • लुम्बिनी अञ्चल शाखा
  • धौलागिरी अञ्चल शाखा
  • गण्डकी अञ्चल शाखा
  • बागमती अञ्चल शाखा
  • नारायणी अञ्चल शाखा
  • जनकपुर अञ्चल शाखा
  • सगरमाथा अञ्चल शाखा
  • कोशी अञ्चल शाखा
  • मेची अञ्चल शाखा