NCDA News
  • Website Under Construction

पद हस्तान्तरण कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाल औषधि व्यवसायी संघको १२ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई २०७१ साल माघ १४ गते बुधवार पद हस्तान्तरण कार्यक्रम सम्पन्न भयो ।

होटल रोयल सिङ्गीमा सम्पन्न उक्त कार्यक्रममा पूर्व केन्द्रीय सल्लाहकारहरु, पूर्व केन्द्रीय पदाधिकारीहरु, औषधि व्यवस्था विभागका महानिर्देशक श्री बालकृष्ण खकुरेल, फार्मेसी काउन्सिलका अध्यक्ष श्री बाबुराम हुमागाईं, नर्सिङ काउन्सिलका रजिष्ट्रार श्रीमती लक्ष्मी राई, स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार श्री काशी रिमाल, नेपाल औषधि उत्पादक संघका अध्यक्ष श्री उमेश लाल श्रेष्ठ, उद्योग परिसंघ नेपालका उपाध्यक्ष श्री हरिभक्त शर्मा, जनकपुर अञ्चल शाखाका पूर्वअध्यक्ष तथा जनकपुर उपमहानगरपालिकाका पूर्व मेहर श्री बजरंगप्रसाद साहका साथै विभिन्न कम्पनीहरुका प्रतिनिधिहरु लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

केन्द्रीय अध्यक्ष श्री बाबुराम भट्टराईको सभापतित्वमा भएको पद हस्तान्तरण कार्यक्रम नवनिर्वाचित केन्द्रीय अध्यक्ष श्री मृगेन्द्र मेहर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई शपथ ग्रहण, १२औं राष्ट्रिय महाधिवेशनमा आर्थिक सहयोग गर्नुहुने कम्पनी तथा महानुभावहरुलाई सम्मान पत्र, मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा नवनिर्वाचित केन्द्रीय अध्यक्ष श्री मृगेन्द्रमेहर श्रेष्ठलाई निवर्तमान हुन भएका केन्द्रीय अध्यक्ष श्री बाबुराम भट्टराईले पद प्रतिस्थापन माला पहि¥याई पदीय अभिभारा हस्तान्तरण गर्नु भएको थियो भने ।

यसैगरी महासचिव श्री देवीप्रसाद दाहालले नवनिर्वाचित महासचिव श्री हरि प्रसाद विडारीलाई सम्पूर्ण कार्यभार हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै वर्तमान महासचिवमा निर्वाचित पूर्व कोषाध्यक्ष श्री हरि प्रसाद विडारीले नवनिर्वाचित केन्द्रीय कोषाध्यक्ष श्री अजित खड्कालाई सम्पूर्ण आर्थिक विवरण, नगद तथा जिन्सी सामानहरु लगायत भवनको सांचो हस्तान्तरण गर्नु भएको थियो ।

नवनिर्वाचित केन्द्रीय पदाधिकारीहरु क्रमशः अध्यक्ष श्री मृगेन्द्र मेहर श्रेष्ठ, उपाध्यक्ष(आयात) श्री प्रकाश कुमार खण्डेलवाल, उपाध्यक्ष(थोक) श्री लोकहरि श्रेष्ठ, उपाध्यक्ष(खुद्रा) श्री राम प्रसाद खरेल, महासचिव श्री हरि प्रसाद विडारी, कोषाध्यक्ष श्री अजित खड्का, सचिव श्री सुनिल श्रेष्ठ, उप–कोषाध्यक्ष श्री राजेशकुमार प्रधान, कार्यसमिति सदस्यहरु श्रीमती भारती जोशी, श्री हरि नारायण गुप्ता, श्री गणेश प्रसाद साह, श्री सुमन कुमार केयाल, श्री चन्द्र दत्त पौडेल, श्री लक्ष्मी प्रसाद तिम्सिना, श्री राम चन्द्र रेग्मीले शपथ ग्रहण गर्नु भएको थियो ।

कार्यक्रममा १२ औं राष्ट्रिय महाधिवेशनमा प्रतिबद्धता गर्नु भए बमोजिम निवर्तमान अध्यक्ष श्री बाबुराम भट्टराई र वर्तमान अध्यक्ष श्री मृगेन्द्र मेहर श्रेष्ठले १५ बुँदे लहान घोषणा पत्र जारी गर्नु भएको थियो ।

संघको १२ औ महाधिवेशनको घोषणापत्र सार्वजनिक तथा नवनिर्वाचित पदाधिकारीको उक्त पदस्थापन कार्यक्रममा संघले नेपाल औषधि व्यवसायी संघले अवैध रुपमा सञ्चालित औषधि पसलहरुलाई कानूनी दायरामा ल्याउन वा वन्द गर्न सरकारसंग माग गरेको छ ।

संघले विदेशी औषधिहरुको आयात प्रतिस्थापन गर्न स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्ने प्रतिवद्धता पनि जनाएको छ । घोषणापत्रमा जनतालाई गुणयुक्त र सर्वसुलभ औषधि उपलब्ध गराउने बाचा पनि गरिएको छ । कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष श्री मृगेन्द्रमेहर श्रेष्ठले जीवन मरणसंग जोडिएको औषधि व्यवसायलाई ब्यवस्थित र मर्यादित बनाउन सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।

निर्वतमान अध्यक्ष श्री बाबुराम भट्राईले अवैध औषधि पसल जथाभावी संचालन हुँदा सिंगो व्यवसायकै बदनाम भएको भन्दै तत्काल कानूनी दायरामा ल्याउन वा बन्द गर्नुपर्ने बताउनुभयो ।

औषधि व्यवस्था विभागका महानिर्देशक श्री बालकृष्ण खकुरेलले विरामीले सही उपचार र औषधि पाउनुपर्ने विषयमा सवैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष श्री हरिभक्त शर्माले आर्थिक सम्वृद्धिका लागि उद्योगी ब्यवसायीलाइ प्रोत्साहन गर्नुपर्ने भन्दै गुणस्तरीय बस्तु उत्पादन र बिक्रि वितरणमा पनि ध्यान दिनुपर्छ भन्नुभयो ।

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष श्री दिनेश श्रेष्ठले देशभरका १८ हजार भन्दा बढि औषधि ब्यवसायीले जनतलाई सेवा दिएको बताउदै समस्या समाधानमा सरकार र ब्यवासायीबीच सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा औषधि व्यवसायी संघका महासचिव श्री हरि विडारी, पूर्व अध्यक्ष श्री सुरेशप्रसाद प्रधान, श्री पारसमणि बराल, बागमति शाखा अध्यक्ष श्री रामेश्वर श्रेष्ठ, औषधि उत्पादक संघका अध्यक्ष श्री उमेशलाल प्रधान, श्री नरबहादुर राना, श्री बजरंगप्रसाद शाह, श्री देवीप्रसाद दाहाल, श्री हरि कुवर, श्री बाबुराम हुमागाई लगायतले औषधि ब्यवसायको दायित्व र समस्या समाधानमा सहकार्यको खाँचो रहेको धारणा राख्नुभएको थियो भने नवनिर्वाचत केन्द्रीय अध्यक्ष श्री मृगेन्द्रमेहर श्रेष्ठले पनि आफ्नो धारणा राख्नुभएको थियो ।

  • कर्णाली अञ्चल शाखा
  • महाकाली अञ्चल शाखा
  • सेती अञ्चल शाखा
  • राप्ती अञ्चल शाखा
  • भेरी अञ्चल शाखा
  • लुम्बिनी अञ्चल शाखा
  • धौलागिरी अञ्चल शाखा
  • गण्डकी अञ्चल शाखा
  • बागमती अञ्चल शाखा
  • नारायणी अञ्चल शाखा
  • जनकपुर अञ्चल शाखा
  • सगरमाथा अञ्चल शाखा
  • कोशी अञ्चल शाखा
  • मेची अञ्चल शाखा