NCDA News
  • Website Under Construction

बाढी पीडित क्षेत्रमा औषधि व्यवसायीद्वारा स्वास्थ्य  सेवा

३० लाखको औषधि वितरण

काठमाडौं– नेपाल औषधि व्यवसायी संघले तराईका बाढी पीडित क्षेत्रमा चिकित्सकसहितको स्वास्थ्य सेवा पुर्‍याएको छ ।

बाढी पहिरोबाट भएको क्षतिलगत्तै औषधि व्यवसायी संघले अञ्चल शाखा र जिल्ला शाखा परिचालन गरेर पीडितको स्वास्थ्य उपचारमा खटिएको अध्यक्ष श्री मृगेन्द्रमेहर श्रेष्ठले जानकारी दिनुभयो । ‘मेची, कोसी, सगरमाथा, जनकपुर, नारायणीसहितका अञ्चल शाखाले बाढी पीडितका लागि औषधि र चिकित्सकसहितको टोली परिचालन गरिसकेको छ,’ अध्यक्ष श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

प्रभावित क्षेत्रमा औषधिको कुनै पनि अभाव सिर्जना हुन नदिन नेपाल औषधि व्यवसायी संघ केन्द्रीय कार्यालयले केन्द्रीय अध्यक्षकै नेतृत्वमा निरन्तर अनुगमनको काम गरिरहेको छ । अञ्चल जिल्ला शाखाहरुबाट अहिलेसम्म प्राप्त तथ्यांकअनुसार करिव ३० लाख रुपैयाँको औषधि नि:शुल्क प्रदान गरिसकेको छ ।

केन्द्रीय कार्यालयले विपत्तिको यस घडीमा प्रभावित क्षेत्रमा आवश्यक वस्तु र सेवालाई परिचालन गर्न निर्देशन दिएको छ । पीडितका लागि सरकारी संयन्त्रसँग सहकार्य गरेर राहतका कामलाई अगाडि बढाउन सबै शाखाहरुमा पत्राचार गरिसकिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

274-04-31 Press Release

 

  • कर्णाली अञ्चल शाखा
  • महाकाली अञ्चल शाखा
  • सेती अञ्चल शाखा
  • राप्ती अञ्चल शाखा
  • भेरी अञ्चल शाखा
  • लुम्बिनी अञ्चल शाखा
  • धौलागिरी अञ्चल शाखा
  • गण्डकी अञ्चल शाखा
  • बागमती अञ्चल शाखा
  • नारायणी अञ्चल शाखा
  • जनकपुर अञ्चल शाखा
  • सगरमाथा अञ्चल शाखा
  • कोशी अञ्चल शाखा
  • मेची अञ्चल शाखा