NCDA News
  • Website Under Construction

महाकाली, सगरमाथा र सेती शाखालाई कम्प्यूटर हस्तान्तरण

काठमाडौं- नेपाल औषधि व्यवसायी संघको केन्द्रीय कार्यालयले आफ्ना अञ्चल शाखा, जिल्ला उपशाखा कार्यालयहरुलाई व्यवस्थित बनाउन कम्प्युटर वितरण गरेको छ ।

दैनिक कार्य सञ्चालनमा सरलीकरण, सुदृढीकरण गर्ने सोच बमोजिम महाकाली अञ्चल शाखा, महेन्द्रनगर, सगरमाथा अञ्चल शाखा लहान र सेती अञ्चल शाखा, टीकापुरलाई हालै कम्प्यूटर वितरण गरेको छ ।

संघको कार्यालय काठमाडौंमा महाकाली अञ्चल शाखाका कोषाध्यक्ष श्री देवेन्द्रराज पाण्डे, सगरमाथा अञ्चल शाखाका अध्यक्ष श्री शिवनाथ सिंह र सेती अञ्चल शाका अध्यक्ष श्री गयाप्रसाद कुश्मीलाई १/१ थान कम्प्यूटर सेट हस्तान्तरण गरेको थियो ।

२०७२ फाल्गुन १४ गते महाकाली अञ्चल शाखालाई, २०७३ बैशाख ३१ गते सगरमाथा अञ्चल शाखालाई र २०७३ ज्येष्ठ ०७ गते सेती अञ्चलशाखालाई कम्प्यूटर हस्तान्तरण गरको थियो ।

कम्प्यूटर हस्तान्तरण पश्चात केन्द्रीय अध्यक्ष श्री मृगेन्द्रमेहर श्रेष्ठले अञ्चल शाखामा कार्यालय अझ व्यवस्थित र सहज रुपमा सञ्चालन गर्न, Online Data Entry IT Software मार्फत सदस्यता अद्यावधिक गर्न तथा कार्यालयको दैनिक कार्यमा सहज हुने विश्वास व्यक्त गर्नु भएको छ ।

ncda_sagarmatha ncda_seti

  • कर्णाली अञ्चल शाखा
  • महाकाली अञ्चल शाखा
  • सेती अञ्चल शाखा
  • राप्ती अञ्चल शाखा
  • भेरी अञ्चल शाखा
  • लुम्बिनी अञ्चल शाखा
  • धौलागिरी अञ्चल शाखा
  • गण्डकी अञ्चल शाखा
  • बागमती अञ्चल शाखा
  • नारायणी अञ्चल शाखा
  • जनकपुर अञ्चल शाखा
  • सगरमाथा अञ्चल शाखा
  • कोशी अञ्चल शाखा
  • मेची अञ्चल शाखा