NCDA News
  • Website Under Construction

लुम्बिनी अञ्चल शाखाद्वारा रक्तदान र सहयोग हस्तान्तरण

बुटवल– नेपाल औषधि व्यवसायी संघ, लुम्बिनी अञ्चल शाखाले संघको ४४ औ स्थापना दिवसको अवसरमा असार ९ गतेका दिन रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष शिव ज्ञवालीको अध्यक्षता, संघका केन्द्रीय निर्वतमान अध्यक्ष बाबुराम भट्टराईको प्रमुख आतिथ्यता,कार्यक्रम संयोजक थानेश्वर ज्ञवालीको स्वागत तथा महासचिव लुकराज न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा संघका कार्यसमिति, पदाधिकारी, सदस्य लगायत स्थानीय औषधि व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि बाबुराम भट्टराईले संघले विगत देखि नै यस्ता खालका सामाजिक कार्यहरुमा अग्रसरता कायम गर्दै आएको छ । आगामी दिनहरुमा पनि आफ्नो सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै कार्यक्रमहरु सञ्चालन गर्दै जानुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । त्यस्तै मन्तव्यकै क्रममा अध्यक्ष शिव ज्ञवालीले रक्तदान मानिसको जीवनसंग सम्बन्धित भएकोले यसको महत्वलाई बुझेर सबैले सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।

रक्त सञ्चार केन्द्रकी वरिट टेक्निसियन राधा ज्ञवालीले औषधि व्यवसायी संघले निरन्तर रुपमा वर्षको दुईचोटि रक्तदान गर्दै आएकोमा धन्यवाद दिनुभएको थियो । कार्यक्रममा बाबुराम भट्टराई, लोकहरि श्रेष्ठ, सुनिल श्रेष्ठ, डा.रोहितराज क्षेत्री, शिव ज्ञवाली, खड्कबहादुर बस्नेत र राधा ज्ञवालीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमबाट ६५ प्वाइन्ट रगत संकलन गरिएको जानकारी कार्यक्रम संयोजक थानेश्वर ज्ञवालीले दिनुभएको छ ।

स्थापना दिवसको अवसरमा असार १० गते संघले सैनामैना न.पा १ मा सञ्चालित अभियान नेपाल बाल गृह आश्रमलाई नगद रु १०,०००। सहित १० जना बालबालिकालाई जुत्ता र मोजा उपलब्ध गराइएको थियो । अभियान नेपालका सञ्चालकले सहयोग गरेकोमा नेपाल औषधि व्यवसायी संघ, लुम्बिनी अञ्चल शाखा तथा कार्यक्रम संयोजकलाई विशेष धन्यवाद दिनुभएको थियो ।

  • कर्णाली अञ्चल शाखा
  • महाकाली अञ्चल शाखा
  • सेती अञ्चल शाखा
  • राप्ती अञ्चल शाखा
  • भेरी अञ्चल शाखा
  • लुम्बिनी अञ्चल शाखा
  • धौलागिरी अञ्चल शाखा
  • गण्डकी अञ्चल शाखा
  • बागमती अञ्चल शाखा
  • नारायणी अञ्चल शाखा
  • जनकपुर अञ्चल शाखा
  • सगरमाथा अञ्चल शाखा
  • कोशी अञ्चल शाखा
  • मेची अञ्चल शाखा