NCDA News
  • Website Under Construction

व्यवसायी सहायक तालिमबारे अन्तर्क्रिया आयोजना

जेठ १२, २०७३
ncda22222काठमाडौं- नेपाल औषधि व्यवसायी संघ केन्द्रीय समितिले व्यवसायी सहायक तालिमबारे अन्तर्क्रिया आयोजना गरेको छ ।

व्यवसायी सहायक तालिम सञ्चालनका लागि पहल गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेल, पूर्वमहानिर्देशकहरु राधारमण प्रसाद, गजेन्द्रबहादुर भुजू, औषधि व्यवस्थापक नारायण ढकालको उपस्थिति थियो ।

साथै संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठ, निवर्तमान अध्यक्ष बाबुराम भट्टराई, महासचिव हरिप्रसाद बिडारी, कोषाध्यक्ष अजित खड्का, सहकोषाध्यक्ष राजेशकुमार प्रधान, सदस्यहरु भारती जोशी, रामेश्वर श्रेष्ठ, औषधि व्यवसायी प्रदीपमान श्रेष्ठलगायतको उपस्थिति थियो ।

अन्तर्क्रियाबाट व्यवसायी सहायक तालिम सञ्चालन गर्न सबै सरोकारवालासहितको अर्को अन्तर्क्रिया आयोजना गर्दै निष्कर्षमा पुग्ने निर्णय भएको छ । सहभागीहरुले तालिम सञ्चालन गर्न अब ढिला गर्न नहुनेमा जोड दिनुभयो ।

  • कर्णाली अञ्चल शाखा
  • महाकाली अञ्चल शाखा
  • सेती अञ्चल शाखा
  • राप्ती अञ्चल शाखा
  • भेरी अञ्चल शाखा
  • लुम्बिनी अञ्चल शाखा
  • धौलागिरी अञ्चल शाखा
  • गण्डकी अञ्चल शाखा
  • बागमती अञ्चल शाखा
  • नारायणी अञ्चल शाखा
  • जनकपुर अञ्चल शाखा
  • सगरमाथा अञ्चल शाखा
  • कोशी अञ्चल शाखा
  • मेची अञ्चल शाखा