NCDA News
  • Website Under Construction

४२औं स्थापना दिवसमा कार्यक्रम

काठमाडौं– नेपाल औषधि व्यवसायी संघले ४२औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रमहरुको आयोजना गरी देशैभरी भव्यताका साथ मनाएको छ ।

संघको कोशी अञ्चल शाखा कार्यालयद्वारा आयोजित कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष श्री मृगेन्द्रमेहर श्रेष्ठ र केन्द्रीय महासचिव श्री हरिप्रसाद विडारीले सहभागीता जनाउनुभयो । उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरी खाद्य सामाग्री तथा पोष्टिक आहार वितरण गरिएको थियो भने संघका केन्द्रीय अध्यक्ष श्री मृगेन्द्र मेहर श्रेष्ठको करकलमबाट संघको लोगो अंकित झण्डोत्तलन गरिएको थियो ।

त्यस्तै ४२ औं स्थापना दिवस कै अवसरमा मेची अच्चल शाखाले आम्दा अस्पताल दमकका विरामीहरू लाई फलफुल तथा जुस बितरण गरी मनाएको छ । सो कार्यक्रमको अध्यक्षता मेची अच्चल शाखाका अध्यक्ष श्री सुर्यप्रसाद कोइरालाले गनुभएको थियो भने प्रमुख अतिथि आम्दा अस्पताल दमकका मेडिकल सुपरीडेन्ट डा. नविन ढकाल र शाखाका पूव अध्क्षय श्री राजेन्द्र कुमार ढकाल तथा सम्पूण कायसमितिको सहभागीता थियो ।

कार्यक्रममा हालै सम्पन्न केन्द्रीय समितिको पूण बैठकबाट मेची अच्चलबाट केन्द्रीय उपसमिति सदस्यहरूमा थोक तर्फ श्री गौतम गुप्ता, खुद्राबाट श्री सुरेन्द प्रधान, कच्चन शर्मा र नेटवर्किङ तथा वुलेटिन प्रकाशन केन्द्रीय उपसमिति सदस्यमा श्री अनिल सुवेदी मनोनित हुनु भएकोमा बधाई तथा कार्यकालको शुभकामना दिएको थियो ।
बागमती अञ्चल शाखा कार्यालयले पनि स्थापना दिवसको सुखद उपलक्ष्यमा नेपाल औषधी ब्याबसयी संघ बागमती अञ्चल शाखाले मात्रृ नेपाल अपांग संघद्वारा सञ्चालित अनाथ बालबालिकाहरुको बाल आश्रमका बिद्यार्थिहरुलाइ पठनपाठनका लागि आवश्यक टेबल तथा कुर्सी हस्तान्तरण कार्यक्रम गरिएको छ भने राप्ती शाखाद्धारा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

संघले तुलसीपुर, घोराही, लमहीमा छुटृा छुटृै कार्यक्रमको आयोजना गरी झण्डै ८० हजार बरावरको रकम सामाजिक काममा खर्च गरेको छ । संघले तुलसीपुर स्थित राप्ती अञ्चल अस्पतालमा बेड सिट, उपक्षेत्रिय अस्पतालमा इलेक्ट्रिक फिल्टर र लमही स्थित बृद्धाआश्रममा बल्याङ्गकेट जुत्ता तथा डाक्टर कोमल आचार्यको सहयोगमा बृद्धबृद्धाहरुको निशुल्क स्वास्थ्य परिक्षण गराएको छ त्यस्तै राप्ती शाखाले भुकम्प पिडितहरुका लागि ३३ हजार ३५५ रुपैया समेत सहयोग गरेको छ ।
नेपाल औषधि व्यवसायी संघ मार्फत प्रधानमन्त्री राहतकोषमा सो रकम जम्मा गरेको हो । संघका अध्यक्ष प्रकाश श्रेष्ठको नेतृत्वमा राप्ती अंचल अस्पताल पुगेको संघको टोलीले अस्पतालको विकासका लागि आफूहरु सहयोग गर्न तत्पर रहेको वताउनु भयो ।

श्रेष्ठको अध्यक्षतामा भएको वेड सिट वितरण कार्यक्रममा अस्पतालकी नर्सिङ्ग प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठ, रिर्पोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी, संघका उपाध्यक्ष शरन थापा , तुलसीपुर उद्योग वाणिज्य संघका सदस्य यज्ञ वहादुर के.सी. राप्ती बस समितिका सह–सचिव शिवहरी गौतम, पत्रकारहरु वालाराम खड्का , विमल गौतम लगायतले वोलेका थिए ।

४२ औ स्थापना दिवसकै उपलक्ष्यमा गण्डकी अञ्चल शाखाले रक्तदान कार्यक्रमको आयोजना गरिएको छ भने सेती अञ्चल साखाद्वारा आफ्नो अन्चल शाखाको परिसरमा बृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।

  • कर्णाली अञ्चल शाखा
  • महाकाली अञ्चल शाखा
  • सेती अञ्चल शाखा
  • राप्ती अञ्चल शाखा
  • भेरी अञ्चल शाखा
  • लुम्बिनी अञ्चल शाखा
  • धौलागिरी अञ्चल शाखा
  • गण्डकी अञ्चल शाखा
  • बागमती अञ्चल शाखा
  • नारायणी अञ्चल शाखा
  • जनकपुर अञ्चल शाखा
  • सगरमाथा अञ्चल शाखा
  • कोशी अञ्चल शाखा
  • मेची अञ्चल शाखा