नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न — प्रेम भण्डारी पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित

नेपाल औषधि व्यवसायी संघ, कर्णाली प्रदेशको चौथो वार्षिक साधारण सभा तथा दोस्रो प्रदेश अधिवेशन २०८२ जेठ २५ गते आइतबार भव्य रूपमा सम्पन्न भएको छ।

संघका केन्द्रीय अध्यक्ष श्री प्रकाश कुमार खण्डेलवालज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय कार्यसमितिको तर्फबाट थोक उपाध्यक्षज्यू, महासचिवज्यू, उपमहासचिवज्यू र उपकोषाध्यक्षज्यू लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

उक्त अवसरमा संघका केन्द्रीय सल्लाहकार श्री विष्णु बहादुर खड्काज्यूले कर्णाली प्रदेश कार्यालय भवन निर्माणका लागि आफ्नो आमाबुबाको स्मृतिमा ५ मिटर जग्गा प्रदान गर्नुभएको घोषणा गर्नुभयो।

अधिवेशनबाट प्रदेश कार्यसमितिमा निर्वाचित हुनुभएका अध्यक्ष श्री प्रेम बहादुर भण्डारीज्यू सहित सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरूलाई प्रमुख अतिथि तथा अन्य अतिथिहरूले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिनुभएको थियो।

यसैबीच नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशको अध्यक्षमा श्री प्रेम बहादुर भण्डारी पुनः सर्वसम्मत रूपमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ। सुर्खेतमा सम्पन्न दोस्रो अधिवेशनबाट महासचिवमा श्री दानबहादुर रोकाय पनि पुनः निर्वाचित हुनुभएको छ।

त्यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा धर्मराज रावल, थोक उपाध्यक्षमा गोमाकुमारी नेपाली, खुद्रा उपाध्यक्षमा एस.आर. पाण्डे, कोषाध्यक्षमा रविन्द्र थापा, सचिवमा पूर्णप्रकाश बराल तथा उपकोषाध्यक्षमा सरिता रोकाय रावत निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक श्री विवशकुमार बस्नेतले जानकारी दिनुभयो।

सदस्यहरूमा यशोदा थापा, चन्द्रबहादुर रोकाय, कृष्णबहादुर मल्ल, राधाकुमारी बिसी, कालीबहादुर रावत र रामबहादुर थापा निर्वाचित हुनुभएको छ।