२०८१ जेठ २५ गते
नेपाल औषधी व्यवसायी संघले १५ बुँदे ज्ञापनसहित औषधि व्यवस्था विभागलाई ज्ञापन पत्र बुझाएको छ ।
संघका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खण्डेलवालज्यूको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले विभागका महानिर्देशक नारायण ढकाललाई खुद्रा, थोक र आयात औषधि व्यवसायसँग सम्बन्धित विषयबस्तुहरुलाई केन्द्रमा राखी बुँदागत रुपमा १५ बुँदे ज्ञापन पत्र बुझाउनु भएको छ ।
प्रस्तावित औषधि विधेयक २०८० का सन्दर्भमा नेपाल औषधि व्यवसायी संघले बुझाएको तीन महलेलाई विशेष अध्ययन गरी व्यावसायिक हित, सुरक्षा र परिवर्तित औषधि बजारीकरणलाई आत्मसात गर्न संघको माग रहेको छ ।