नेपाल औषधि व्यवसायी संघ (NCDA) का केन्द्रीय अध्यक्ष श्री प्रकाश कुमार खण्डेलवालज्यूले छिमेकी मित्र राष्ट्र भारतका अखिल भारतीय केमिष्ट एवम् ड्रगिस्ट संघ (AIOCD) का अध्यक्ष श्री जगन्नाथ सिंह शिंदेसँग भेटघाट गर्नुभएको छ ।
भेटमा उपरोक्त दुई संघबीच भाईचारा र सह-अस्तित्व कायम राख्दै व्यावसायिक सम्बर्द्धन एवम् प्रवर्द्धनका लागि आवश्यक उचित परामर्श सहित सहयोग आदान प्रदान गर्ने सहमति भएको छ ।